२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

इराकमा बम विस्फोट हुँदा १३ को मृत्यु

इराकको राजधानी बग्दाद नजिकै एक आइस् क्रिम पसल बाहिर बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।

जहाज दुर्घटनामा महासेनानी गुरुङको मृत्यु, दुई घाइते

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।

अमेरिकामा समुन्द्रमा डुबेर नेपाली युवाको मृत्यु

अमेरीकाको टेक्सासस्थित कर्पसकृष्टि क्षेत्रमा पर्ने समुन्द्रमा डुबेर काठमाडौं थापाथली घर भएका एक नेपाली युवकको मृत्यु भएको समाचार छ। आइतवार बिदाको दिन पारेर साथीहरुसँग रमाइलो गर्न समुन्द्री तट गएका सुबोध तण्डुकारलाई सामुद्रिक छालले बगाएर समुन्द्रभित्र लगेको थियो।

बस दुर्घटनामा एकको मृत्यु, २४ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा सोमबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै २४ जना घाइते भएका छन् ।

जंगली च्याउ खाँदा शिक्षकको मृत्यु, ११ बिरामी

जंगली च्याउ खाँदा रामपुरमा एक शिक्षकको मृत्यु भएको छ। एघार जना बिरामी भएका छन्।

धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

सगरमाथा आधार शिविरमा एक जनाको मृत्यु

सगरमाथा आधार शिविरमा कुकको काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको छ। कुक कामका लागी आएका गुँदेल ५ का धन शंकर राईका छोरा गोठ कुवीर राईको हिजो राती मृत्यु भएको हो।

सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु

सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा सहचालक सृजन मानन्धरको पनि मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको बेलुकी अबेर मृत्यु भएको हो।

बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु

गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै निधन भएको छ ।

करेन्ट लागेर बालकको मृत्यु

मङ्गला गाउँपालिका-२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ ।खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु

उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ ।

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्