२२ वैशाख २०८१ शनिबार
image/svg+xml

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो।

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ।

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्।

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन्।

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

हुम्लामा बाढी पहिरोले दुई गाउँमा क्षति

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए।

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।

ढुंगा खस्दा हुम्लामा बालकको मृत्यु

हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो।

१८ बजेट भाषणमै सीमित

राष्ट्रिय सडक सञ्जालमा जोड्ने भन्दै करिब १८ वर्षदेखि बजेट र नीति तथा कार्यक्रममा सरकारले समेट्दै आएको छ, तर अझै हुम्लावासीको सडक सपना पूरा हुन सकेको छैन।

दुई दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्