२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ।

कृषियन्त्र पुर्‍याउन नसक्दा किसानलाई सास्ती

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवरमा सडक पहुँच नहुँदा त्यहाँका स्थानीयलाई खेतमा बाली लगाउन र कृषि उत्पादन बजारमा लगेर बिक्री गर्न कठिनाइ भएको छ।

पाँच सय ६० रुपैयाँ क्रेट अण्डा बेच्दा पनि लागत उठ्दैन : किसान

अण्डाको मूल्य बढेर प्रतिक्रेट पाँच सय ६० रुपैयाँ पुगे पनि कुखुरापालक किसानले उत्पादन लागतसमेत उठाउन नसकेको बताएका छन्।

प्रहरी संगठनलाई संस्थागत रूपमा समाप्त पार्ने षड्यन्त्र भइरहेको छ : मुमाराम खनाल

उनले नेपाल प्रहरीको नेतृत्वमाथि सरकारी दलका सांसदले निराधार आरोप लगाएर आक्रमण गरिरहेको र यसमा गृहमन्त्री र पार्टी सभापति मौन बसेको बताएका छन्।

भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ।

दसैँको अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरु)

यातायात व्यवसायी महासंघले आजबाट दसैँको अग्रिम टिकट बुकिङ खोलेसँगै घर जानका लागि टिकट काट्नेहरूको भिड लागेको छ।

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

सशस्त्र प्रहरी बल पर्साले रु १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारमा जोड

कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानको विकास र सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

हटाइयो मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ।

ऋण गरेर व्यापारिक भवन, नागरिकको करबाट ऋणको किस्ता

नगर विकास कोषको सर्तबमोजिम साँवा र ब्याज रकम तिर्नुपरिरहेको तर भवनबाट कुनै आयआर्जन नभएको नगरका प्रशासकीय प्रमुख पितानाथ लुइँटेलले बताए।

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन्।

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : मन्त्री तिमिल्सिना

तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।

शुक्रबारदेखि प्रदर्शनमा ‘अक्षरा’, अन्तिम समयमा रोकियो ‘टनेल २६’

नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुने भनिए पनि निर्माण टिमले चलचित्रको प्रदर्शन रोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्