१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै नवनियुक्त उत्तर कोरियाली राजदूत जो योङ मनले सभामुख कृष्णबहादुर महरासँगकाे भेटमा नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको बताए।

अमेरिकी राजदूतसमक्ष अध्यक्ष दाहालले प्रस्ट्याए विज्ञप्तिको कारण

भेनेजुएलाको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको दुई सातापछि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको छ। वार्तामा अध्यक्ष दाहालले आफ्नो विज्ञप्ति आउनुको कारण राजदूतसमक्ष प्रस्ट पारेका छन्।

अर्थमन्त्री खतिवडा लण्डन जाने

अर्थमन्त्री डा युवराज खतिवडा बेलायत जाने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी फेब्रुअरी २० तारिखमा त्यहाँ आइपुग्ने कार्यक्रम तय भएको छ।

दृष्टिविहीन संघलाई जापानी दूतावासको सहयोग

दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले काठमाडौंस्थित जापानी राजदूतावासले ८४ लाख रुपैयाँबराबरका सामग्री प्रदान गरेको छ।

राजदूतले राष्ट्रपतिबाट सपथ लिए

शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीसमक्ष इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गरेको प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

राजदूत छनोट समावेशी बनाउन ध्यानाकर्षण

संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिसमा समानुपातिक र समावेशी नभएको विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संविधानको व्यवस्थाबमोजिम राजदूत सिफारिस गर्ने वातावरण बनाउन सुझाव दिएको छ।

नेपाल–जापान संवादको तेस्रो शृंखला सम्पन्न

जापानमा रहेका नेपाली विज्ञ र नेपाली राजदूतावास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेस्रो शृंखला टोकियो इचिगायास्थित जाइका अन्तर्राष्ट्रिय सभा हलमा सम्पन्न भएको छ।

सार्कको प्रगतिमा कस्मिर मुद्दा बाधक : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जादवले जम्मु र कस्मिर विवादका कारण दक्षिण एसियाको प्रगतिमा नराम्रो प्रभाव परेको बताएका छन।  मंगलवार काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत जादवले “दक्षिण एसियाली सहयोग संगठन(सार्क) अगाडी नबढनुमा कस्मिर मुद्दा प्रमुख रहेको बताएका हुन। भारत नियन्त्रित कस्मिरमा दिनहुँ हत्या हिंसा, बलात्कार, अपहरण भइरहेकोले त्यसलाई रोक्न पर्ने वताए।”

भारतको राजदूतमा आचार्य नियुक्त

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा निलाम्बर आचार्यलाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्।

सरकारकाे कुटनीतिक ब्रिफिङ्मा अमेरिकी राजदूत अनुपस्थित

काठमाडौस्थित अन्तराष्ट्रिय समुदायका लागि शुक्रबार आयोजना गरेको कूटनीतिक ब्रिफिङ्मा अमेरिकी राजदूत र्यान्डी बेरी अनुपस्थित भएका छन्।

राजदूत शेर्पाले राजीनामा दिदैँ भनिन्- 'मेराे बारेमा भ्रम सिर्जना गरियाे'

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी राजदूत शेर्पाले पदबाट राजीनामा दिएकी हुन्।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल अाएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।

पार्टीको सुझावअनुसार राजदूत शेर्पा स्वदेश फर्किन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलियाबाट फर्किएकी छिन्। उनका चालकले मानव बेचबिखनको आरोप लगायपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी उनी केही समयअघि मात्र अष्ट्रेलिया गएकी थिइन्।

गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो, सहयोग बढाउँदै लैजाने प्रतिबद्धता

उत्तरी छिमेकी चीनले गृहमन्त्री रामबहादुर थापालाई भ्रमणका लागि निमन्त्रणा  गरेको छ। नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले बुधवार गृहमन्त्री थापासँग मन्त्रालयमा भेट गरी चीन भ्रमणको निम्तो दिएकी हुन्। भेटमा उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन्।

‘अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहन्छौं’

उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको खुलासा गरेको छ। संयुक्त राष्ट्रसंघीय प्रायोजनमा जेनेभामा भएको निःशस्त्रीकरणसम्बन्धी एउटा सम्मेलनमा जेनेभास्थित राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङले कोरियाली प्रायःद्वीपमा स्थायी र दीगो शान्ति संयन्त्र स्थापनाका लागि प्योङयाङले निरन्तर काम गरिरहने बताउँदै अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्