१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने माग मोर्चाको होइन : भण्डारी

ष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले अंगीकृतलाई राष्ट्रपति बनाउने माग मधेसी मोर्चाको नभएको बताएका छन्। उनले मोर्चाको यस्ता खालको माग गर्नैनसक्ने बताए। 'मोर्चाको माग अंगीकृतलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु कदापि हुन सक्दैन,' राजधानीमा आयोजित राष्ट्रिय प्रशिक्षण भेलामा अध्यक्ष भण्डारीले भने, 'यो त ठूला दलको चलखेल गर्ने रणनीति हो।'

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गरेका छन् ।

गाम्बियाका राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्विकार

गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताएका छन् ।  उनले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गरेका छन् ।

अमेरिकी राष्ट्रपतिय निवार्चनः कसको खर्च बढी ?

गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् ।

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ । उहाँहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संविधान कार्यन्वयनमा जुट्न उपराष्ट्रपतिको दलहरुलाई आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको मुख्य दायित्व संविधान कार्यन्वयन गर्नु रहेको बताएका छन्। नेपालको संविधान विश्वकै नमूना संविधान भएकोले यसको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूलाई सहमतिबाट निकास दिन आग्रह गरेकी हुन्।

राष्ट्रपति भण्डारीले बोलाइन सर्वदलीय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन्। राष्ट्रपतिले आइतबार अपहन ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतल निवास बोलाएकी हुन।

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति तोड्दै ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका हुन्।

उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन।

राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराएकी थिइन्।

व्यापार छाडेर राष्ट्रपतिमा ध्यान

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइन्दा ‘बिजनेस’ छाड्ने बताएका छन् । उनले आउँदो महिना पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिमा ध्यान केन्द्रित गर्न व्यापारसँगको साइनो तोड्ने घोषणा गरेका छन् । उनले परिवारको उपस्थितिमा यस्तो घोषणा गर्न लागेको जानकारी गराएका छन् ।

मधेसको समस्या संसदबाटै समाधान गर्नुपर्छः पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदबाटै संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएका छन्। मधेसी दलले उठाउँदै आएका मागलाई संसदबाटै समाधान गर्नुपर्नेमा यादवले जोड दिए।

तीन दलका शीर्षसँग राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा भइरहेका प्रगतिबारे प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेकी छन्।

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। क्युवको सरकारी टेलिभिजनले क्युवाका पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। क्युवामा कम्युनिष्ट क्रान्तिका पिता मानिने फिडेल क्यास्ट्रोको मृत्यु स्थानीय समय अनुसार शुक्रबार राति साँढे दश बजे भएको हो। उनको अन्तिम संस्कार शनिबार गरिने बीबीसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्