८ असार २०८१ शनिबार
image/svg+xml

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।

शीतलहरसँगै चिसियो मधेस

करिब एक सातादेखि चलेको पश्चिमी तेज हावाका कारण मैसम चिसिएर जाडो बढेपछि चिसोले सिरहामा तीनजनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह, ननगडीमाई नगरपालिका ७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार २ लालपुरका ८० वर्षीय रामप्रसाद महतोको चिसोले मृत्यु भएको छ ।

शीतलहरले जनजीवन प्रभावित

शीतलहरीले जनजीवन प्रभावित भएसँगै अस्पतालमा विरामीको संख्यामा पनि वृद्धि भएको छ। अत्यधिक जाडोले विपन्न वर्गलाई समस्यामा पारेको देखिएको छ।

मधेसमा शीतलहरले सकस

दुई दिनयता पश्चिमी हावासँगै परेको शीतलहरले बढाएको जाडोले मध्यपूर्वी तराई–मधेसमा सर्वसधारणको दैनिकी कष्टकर बनेको छ ।

शीतलहरका कारण विद्यालय बन्द

चिसाेसँग शीतलहरका बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बन्द भएका छन् । वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालय आइतबारबाट बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बताए ।

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्