राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित छन्। प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत छन्।