५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतीय राष्ट्रपतिको भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम आउँछ: राजदूत राय

काठमाडौं–नेपालकालागि भारतीय राजदूत रणजित रायले बुधबारदेखि हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग ल्याउने बताएका छन्।

आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो  कार्यक्रममा सञ्चारकर्मीको टोलीसँगको कुराकानीमा राजदूत रायले भने, ‘उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतवीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग भरिन्छ, यसको साथै मित्रता प्रगाढ बन्छ।’ उनले भारतीय राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उतिकै महत्व दिएको समेत बताए।

राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवै तर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमणहरु भइरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले द्धिपक्षीय सामाजिक, साँस्कृतिक र आर्थिक सम्बन्धनलाई अझै मजबुत बनाउने विश्वास दिलाए। उनले अघि भने, ‘पछिल्लो समय दुवै पक्षबाट प्रधानमन्त्री स्तर र विदेशमन्त्री स्तरबाट द्धिपक्षीय भ्रमणहरु भैरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो।’

उनले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको तयारी पूरा भइसकेको समेत जनाए। राष्ट्रपति मुखर्जीको  पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको उनले जनाए । उनले भने, ‘उहाँ काठमाडौं, जनकपुर र पोखरा जाने कार्यक्रम पनि छ, भ्रमणको सम्पूर्ण तयारी पूरा भैसकेको छ।’

कार्यक्रममा राजदूत रायले सम्पूर्ण नेपालीहरुलाई दिपावलीको शुभकामना समेत दिए । उनले अघि थपे,‘सबै नेपालीहरुमा सुख, शान्ति, समृद्धि होस, नेपाल–भारतबीचको निकटता अझै बढोस्, हामीवीचको मित्रता अझै प्रगाढता होस्।’

प्रकाशित: १४ कार्तिक २०७३ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App