२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गोरखपुरमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

भारतको गोरखपुर नजिकै रेडिमिक्स मिक्स्चर र कार एक आपसमा ठोक्कीदा सात जना नेपालीको मृत्यु भएको छ।

लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो।

भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्गका ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन्।

भाेजपुरमा खाेलामा डुबेर बालकको मृत्यु

भोजपुरमा एक बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका –१ श्यामशिलाका धन बहादुर तामाङ्गका १२ वर्षीय छोरा निरज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ त्यसका चालकको मृत्यु भएको छ।

दक्षिण भारतमा बस विसौनीको छाना खस्दा नौ जनाको मृत्यु

दक्षिण भारतमा बिहीबार बस विसौनीको छाना खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

पाकिस्तानमा वर्षाका कारण १६४ को मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ।

अमेरिकामा आँधीका कारण ९ जनाको मृत्यु

अमेरिकाको क्यारिबियन क्षेत्रमा आएको हरिक्यान इर्मा नामक आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका-१० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो।

मनाङमा जीप दुर्घटना, एकको मृत्यु

हिमाल पारीको जिल्ला मनाङमा जीप दर्घटना हुँदा एक महिलाको घटनास्लमै मृत्यु भएको छ भने १२ यात्रु घाईते भएका छन्।

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ।

सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ। एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्।

जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

जिपले ठक्कर दिँदा कपिलवस्तुमा सोमबार बिहान एकजनाको ज्यान गएको छ । तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्