निर्वाचन कार्यालयको भवन निर्माण
बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ ।
बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ। विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा वर्षौदेखि अलपत्र परेको हो। भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुनसकेको छैन।
सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ। १ सय ४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो।
गोरखा जिल्ला अदालतको निर्माणाधिन भवनमा मार्वल झार्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। सिराह मोतिपुर का ३० वर्षिय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भवन शिलान्यास गर्न जाने क्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले अवरोध गरेका छन्।
नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधा सम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ। विगत एक वर्षदेखि नै यो कार्यालय प्रयोगविहीन छ।
सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ। इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।
भूकम्पपछि पालमा र पार्टी प्यालेसबाट कार्यालय सञ्चालन गर्दे आएका काठमाडौका दुई प्रहरी कार्यालयको आफ्नै भवन बन्ने भएको छ।
भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।
संसदीय समिति अन्तर्गतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ।
पाल्पाको रामपुर नगरपालिकामा बाह्य खोपकेन्द्र भवन निर्माण गरिएको छ। खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले एक विद्यालय भवन संयुक्त रुपमा उदघाटन गरेका छन्।
इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्। राज्यका राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन्।