१८ चैत्र २०८२ बुधबार
image/svg+xml

प्रधानमन्त्रीको सांसदसँग 'प्रदेशवाइज' छलफल: हर्क साम्पाङले भने- कोठे बैठकमा आउँदैनौँ

प्रतिनिधिसभा बैठक बोलाउन माग गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रधानमन्त्रीले सदन बोलाउन पहल नगरी कोठे बैठकमा बोलाएको कारण थाहा भएन। हामी आउँदैनौँ।’

३० दिनभित्र न्यूनतम् समर्थन मूल्य निर्धारण: किसानलाई २५ दिनमा भुक्तानी नदिए ब्याजसहित तिर्नुपर्ने

कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गर्ने कार्यक्रममा व्यवस्था गरिएको छ।

४५ दिनभित्र कर्मचारीको नयाँ कार्यविवरण तयार गरिने

सरकारले कार्यसम्पादन मूल्यांकन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ।

इरानसँग सम्झौता हुने ट्रम्पको सङ्केतबिच तेहरानमा आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिएकाे भोलिपल्ट इजरायलले तेहरानमा आक्रमण तीव्र पारेको जनाएको छ।

चीनमा जुम्ली धाविका पहिलो : अभाव र संघर्षबाट अन्तर्राष्ट्रिय मञ्चसम्म राममायाको उडान

जुम्ला सदरमुकाम खलंगाबाट करिब आठ कोस टाढा पर्ने यही भूगोलकी धाविका राममाया बुढाले चीनको चेन्दुमा सम्पन्न ६० किलोमिटर ट्रेल रेसमा पहिलो स्थान हासिल गरिन्।

बैजनाथ मावि सङ्कटमा, पानी चुहिने भवनमा पढ्दै विद्यार्थी

विद्यालयका अधिकांश भवन जस्तापाताले बनेका र जीर्ण अवस्थामा रहेकाले वर्षायाममा पानी चुहिने समस्या हुँदा कक्षा सञ्चालनमा कठिनाइको सामाना गर्दै आएको छ।

अमेरिकाको नाकाबन्दीबीच तेल बोकेर क्युबा गयो रुसी ट्याङ्कर

अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको कच्चा तेल बोकेको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको छ।

पीएसएलमा बल टेम्परिङ विवाद: फखरमाथि आरोप, कस्तो कारबाही हुन सक्छ?

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको हो। आइतबार कराँची किंग्सविरुद्धको खेलको अन्तिम ओभरमा कराँचीलाई जित्न १४ रन चाहिन्थ्यो।

आइपीएलः चेन्नईले राजस्थानको सामना गर्दै

हालसम्म आइपीएलमा यी दुई टोली २७ पटक आमने सामने भएका छन्। चेन्नईले १५ पटक राजस्थानविरुद्ध खेल जितेको छ भने राजस्थानले १२ पटक चेन्नईलाई हराएको छ।

उपन्यासकार नीलम कार्की निहारिकाको ‘राजमाता’ लाेकार्पण

उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ।

लाओसविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिदै नेपाली टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिमो ऐरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन्।

एक महिना अघि हराएका यमराज मृत फेला

प्रहरीका अनुसार यमराज फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकस्थितमा रहेको निर्माणाधीन अपर तमोर जलविद्युत योजना २०८२ साल फागुन ८ गते घर जान्छु भनी हिँडेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्