२ असार २०८१ आइतबार
image/svg+xml

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन्।

नागढुंगा सुरुङमार्ग शिलान्यास आज

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।

कार्यक्रममा हिँडेका रिजाललाई नेकपा कार्यकर्ताले बाटोमै रोके

भवन शिलान्यास गर्न जाने क्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले अवरोध गरेका छन्।

जग्गा विवादबीच शिलान्यास तयारी

चिनियाँ लगानीमा झापाको दमकमा निर्माण गर्ने तयारीमा गरिएको चाइना–नेपाल औद्योगिक पार्क जग्गा विवादबीच शिलान्यास गर्ने तयारी गरिएको छ। आगामी असोज १६ मा कमल गाउँपालिका–७, माझीगाउँमा प्रधानमन्त्री केपी ओली र तिब्बत सरकारका प्रमुखले औद्योगिक पार्कको शिलान्यास गर्दैछन्।

प्रधानमन्त्रीले गरे संसद भवनको शिलान्यास

सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ। इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।

२१ करोडको खानेपानी आयोजना शिलान्यास

फिदिम नगरपालिका ९ र फाल्गुनन्द गाँउपालिका १ का बासिन्दा आयोजना बनेपछि लाभान्वीत हुने छन्। १० दशमलव ५६ किलोमीटर लामो मुख्य प्रशासरण लाईनबाट खोलाको पानी बस्तीसम्म ल्याइने छ।

‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका मन्त्रीहरू उदघाटन र शिलन्यासमा मात्र केन्द्रित भएर विकास निर्माण प्रभावित भएको बताएका छन्। कांग्रेस सांसद बहादुरसिंह लामाले मन्त्री उद्घाटा र शिलान्यासमा व्यस्त भएर मात्रै भएर विकास नहुने बताए। उनले आवश्यकता के हो त्यसबारे ध्यान नगएकाले दुईतिहाइको सरकारले गरेका काम केही नदेखिएको बताए।

उपत्यकाकै लामो झोलुंगे पुल शिलान्यास

सूर्यविनायक नगरपालिकामा काठमाडौं उपत्यकाकै लामो झोलुंगे पुल निर्माण हुने भएको छ। डोलिडारको एक करोडको लगानीमा सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं. १० चित्तपोल जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो।

साप्सु खोलामा प्रिस्ट्रेस बिम पुल शिलान्यास

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र दिप्रुङ चुइचुम्मा–१ याम्खाको बीचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माण गर्न लागिएको प्रिस्ट्रेस बिम पुल बुधबार शिलान्यास गरिएको हो।

अपराधी कुनै हालतमा छुट्दैनन् : डिआईजी रिजाल

१ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले अपराधी कुनै पनि हालत नउम्किने बताएका छन्।

एकैदिन दुई योजना उद्घाटन, चार शिलान्यास

यतिबेला १ नम्बर प्रदेश सरकार बजेट बनाउने तयारीमा छ। यहिबेला योजना माग्नेको भीड लाग्ने गरेको छ। मन्त्री जिल्लामा आएका बेला माग बुझाउनेलाई नै हुन्छ। यहाँका स्थानीय तहहरुले ठुला योजनाहरु समेत माग्ने गरेका छन्। सडक, सिचाई, खानेपानी, भवनलगायतका मागहरु आउने गर्छन्। मन्त्री जिल्लामा बाक्लो गरी आउने गर्छन्। यो अवसरमा स्थानीयहरुले लिखित तथा मौखिक मागहरु गर्छन्।

नौ वर्षमा पनि बनेन मैनावती पुल

२०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा सो भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्गछेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने दु्रुत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।

खोटाङमा एकैसाथ दुई सडक शिलान्यास

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्ततिका काम जिम्मा लिएको हो।

'शिलान्यास'मार्फत इतिहास लिएर अाए सुजित

पत्रकार सुधीर शर्मा, अन्तर्राष्ट्यि मामिलाविद् लीला न्याइच्याई र सामाजिक अध्येता गौरव केसीले पुस्तक विमोचन गरे। बुक हिलले प्रकाशन गरेको पुस्तक विमोचनमा वक्ताहरूले धारणा राखेका थिए

यंतापौ चपाछेँ शिलान्यास

काठमाडौं महानगरपालिका–३१ वडा शंखमुलस्थित यंतापौमा निर्माण गरिन लागेको यंतापौ चपाछेँ (भवन)को शिलान्यास भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिहंले आइतवार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्