१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पन्ध्र दिनमा ३५ करोड राजश्व संकलन

मुलुक लकडाउन भएसँगै दोस्रो ठूलो र पाँच नम्बर प्रदेशको पहिलो भन्सार भैरहवा भन्सार कार्यालयको दैनिक असुलीमा असर परेको छ। दैनिक सरदर २६ करोड ६७ लाख राजस्व असुली गर्ने लक्ष्य रहेको भन्सारमा लकडाउन भएदेखि नै दैनिक २ करोडको हराहारीमा राजश्व असुली भइरहेको छ।

राजश्व संकलन उत्साहजनक

उदयपुरमा ६ महिनाको अवधिमै गत वर्षभन्दा दोब्बर बढी राजश्व संकलन भएको छ। करदाता सेवा कार्यालय गाईघाटमा चालु आर्थिक वर्षको पुस मसान्तभित्र ३४ करोडभन्दा बढी राजश्व रकम संकलन भएको हो।

सुनचाँदीमा राजश्व छल्ने दुई जनाविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ।

गुट्खामा ३६ करोड राजश्व छली, ६ जना विरुद्ध मुद्दा

झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ।

चार जिल्लाका ३० हजार करदाता करको दायरामा

आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन्। तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन्।

किन घट्यो वीरगन्ज नाकाको राजश्व

मुलुकको प्रमुख भन्सार नाका भएर हुने ब्यपार सरकारी आँकलन अनुसार हुन सकेको छैन। आयातबाट असुलहुने राजश्व पनि लक्ष्य भन्दा निकै पछाडि परेको छ।

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ।

उपभोक्ता ठग्ने फर्म कारवाहीमा

उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारवाही थाललिएको हो।

राजश्व चुहावट नियन्त्रण संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय संसद प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ।

राजश्व चुहावटमा कसुरदार ठहरिए जेल जानुपर्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन्।

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार

सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ। राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकमा उक्त व्यवस्था छ।

१२ किलो सुनसहित दुई जापानी पक्राउ

बंगलादेशको राजधानी ढाकास्थित एक अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजश्व अधिकारीले बताएका छन्।

वन कार्यालयको राजश्व वृद्धि

डिभिजन वन कार्यालय ओखलढुंगाले वनपैदावर निकासी बाट अघिल्लो वर्ष भन्दा ३४ लाख ४१ हजार सात सय ७३ रुपैयाँ ७० पैसा बढि राजश्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा वनपैदावर निकासीबाट ५४ लाख ४३ हजार राजश्व सङ्कलन गरेको छ।

डण्डाबाट राजश्व असुली ६ गुणा

सशस्त्र प्रहरी बल नेपाल ३८ नं. गुल्म (डण्डा) रुपन्देहीले राजश्व संकलनमा ६ गुणा वृद्धि गरेको छ। पश्चिम नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राजश्व भन्सार सुरक्षा गुल्मले सिमा नाकामा चोरी तस्करीलाई नियन्त्रण गर्ने उद्देश्य अवैध सामान नियन्त्रण गरी राजश्व असुली ६ गुण वृद्धि गरेको हो।

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगन्ज भन्सार कार्यालयलाई यसवर्ष लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ। भन्सार विभागले चालु आर्थिक वर्ष २०७५/७६ का लागि १२ अर्ब ३३ करोड १ लाख १६ हजार रूपैयाँ राजश्व असुल्ने बार्षिक लक्ष्य दिएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कार्यालयलाई सो लक्ष्य पुरा गर्न चुनौती थपिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्