१० मंसिर २०८१ सोमबार
image/svg+xml

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दुबईमा आकर्षक तलव पाउने कम्पनीहरुमा पठाईदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भिषा समेत देखाई ठगी गर्ने काभ्रे कात्तिके देउराली–१ घर भई हाल लाजिम्पाट बस्ने बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

सालकको २० किलाे हड्डीसहित आर्मीका अमल्दार पक्राउ

विश्वमै दुर्लभ जनावर सालकको खोपेडा, हड्डीसहित नेपाली सेनामा बहालवाला अमल्दार कोहलपुरबाट पक्राउ परेका छन्। नेपाली सेना प्युठानमा कार्यरत रई १९ नम्बर गुल्म दाङमा तालिमरत कोहलपुर कोहलपुर–२ विकासनगरका ३३ वर्षीय गणेश बुढामगर २० किलो चार सय ग्राम सालकको खोपेडा, हड्डीसहित पक्राउ परेका हुन् ।

थर ढाँटेर विवाह गरेको आरोपमा दलित युवा पक्राउ

दुई बर्षको प्रेमपछि भागेर अन्तरजातीय विवाह गरेका सुर्खेत साल्कोट–९ का टिकाराम (थापा) विक जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा परेका छन् । बाबियाचौर–८ की अनु कठायतसँग मंसिर १० गते भागी विवाह गरेका केटाको थर विक थाहा पाएपछि केटी पक्षले टिकारामलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा सार्वजनिक मुद्धा दर्ता गराएका हुन् ।

तीन करोडको कोकिनसहित दुई मलेसियाली पक्राउ

मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरबाट ५ लाखसहित २१ जुवाडे पक्राउ

सूर्यविनायक नगरपालिका–५ पाण्डुबजारस्थित सलामसिंह लामाको घरमा जुवा खेल्दै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

बिजुली चोर्ने पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३/७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ।

भन्सारबाट ४२ गोरु पक्राउ

भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ।

अबैधरुपमा ड्रोन उडाउने तीन अमेरिकी पर्वतमा पक्राउ

यहाँ सोमबार तीन जना अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति ड्रोन क्यामेरा उडाएको आरोपमा उनीहरुलाई सोमबार दिउसो सदरमुकाम कुश्माबाट नियन्त्रणमा लिएको हो।

रोजगारी दिने भन्दै विपन्न वस्तीबाट तीन बस भरेर मान्छे ल्याउने पक्राउ

मुगु–काठमाण्डौंको एक ईटा भट्टामा रोजगारी उपलब्ध गराईदिने भन्दै मुगुका विभिन्न दलित बस्तीबाट सयौं युवा युवती र बालबालिकालाई बसमा लैजाने तयारी गरिरहेका दुईजनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोह पक्राउ

भारतको उत्तर प्रदेशबाट भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त समूहले भारत उतर प्रदेश राज्यको हरदोई जिल्लाका एसपी चढ्ने टाटा सुमो गाडी गत कार्तिक २० गते चोरी गरेर बिक्री गर्नको लागि रौतहट नाका हुँदै नेपाल ल्याएका थिए।

सिके राउतका ३० कार्यकर्ता पक्राउ

ग देशको माग गर्दै आएका सिके राउतका ३० कार्यकर्ता प्रहरीले गौरबाट पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट गौरतर्फ प्रवेश गरी प्रदर्शन गर्ने क्रममा क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भारतीय ‘मोस्ट वान्टेड’ अभियुक्त वीरगन्जमा पक्राउ

सीमा क्षेत्रमा भएका अनेकौं अपराधमा जिम्मेवार रहेको आरोप लाग्दै आएका र प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय अभियुक्तलाई पर्सा प्रहरीले बिहीबार वीरगन्जबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्