४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अबैधरुपमा ड्रोन उडाउने तीन अमेरिकी पर्वतमा पक्राउ

पर्वत- यहाँ सोमबार तीन जना अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति ड्रोन क्यामेरा उडाएको आरोपमा उनीहरुलाई सोमबार दिउसो सदरमुकाम कुश्माबाट नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा रहेका अमेरिकी नागरिकमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन्।

मुस्ताङ घुमेर फर्केका उनीहरुले कुश्मास्थित नेपालकै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामेरा उडाएका थिए । अनुमतिबिना ड्रोन क्यामेरा उडाएको आरोपमा तीन जना अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए। उनका अनुसार अमेरिकी नागरिक मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्केका थिए।

ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ। प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ। खनालले ड्रोनबाट कुस्माबजार, नेपालकै अग्लो पुल र वरपरको भिडियो खिचिएको बताए। ड्रोन क्यामरा प्रहरीले नै नियन्त्रणमा राखेको छ।  

प्रकाशित: १३ मंसिर २०७३ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App