६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आज लक्ष्मीपूजा

हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो दिन आइतबार बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।

भाइटीकाको भोलिपल्ट बिदा!

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा)का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन्।

भाइटीकाको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

भाइटिकामा कात्तिक १३ गते विदा दिन सांसद शाक्यको माग

प्रदेश नम्बर तीनका सांसद डा. अजयक्रान्ति शाक्यले भाइटीका (किजापूजा)का लागि सरकारले कात्तिक १३ मा विदा दिनुपर्ने माग गरेका छन्।

जसलाई भाइटीका लगाइन् उसैले फिरौती माग्यो

काठमाडौंको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धक्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ। २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो।

प्रधानमन्त्री ओलीले लगाए भाइटीका

प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन्। उनले सरकारी निवास बालुवाटारमै जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लाएका हुन्।

उपराष्ट्रपति पुनले लगाए भाइटीका

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन्। उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका हुन्।

कैदीबन्दीले लगाए भाइटीका

गुल्मीका कैदीबन्दीले भाइटीका लगाएका छन्। जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन्।

महिला प्रहरीको भाइटीका डियुटीमै

प्रहरी सेवामा प्रवेश गरेको ६ वर्ष पुगिसक्दा पनि अर्घाखाँचीकी मिना बुढाथोकीले एक पटक पनि भाइटीकामा दाइको निधारमा टीका लगाउन पाएकी छैनन्। उनको दाइको निधारमा सप्तरंगी टीका र सयपत्री माला लगाउने रहर रमरमै सिमित छ।

आज भाइटीका, ११ बजेर ५५ मिनेटमा उत्तम साइत

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ।

सामूहिक भाइटीका

खोटाङ नेर्पाका दिदीबहिनी फूलमाला, फलफूल र मीठामीठा परिकार लिएर उपस्थित भए । गाउँभरिका दाजुभाइ पनि फूलमाला पहिरिन हर्षोल्लासपूर्वक भेला भए।

भाइटीकाको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ।

भाइटीकामा बनेका नेपाली दाइ र जापानी बहिनी

अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन। भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन्। उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने। प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ। यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो।

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा

भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ। काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा छ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्