दुर्घटनामा युवकको मृत्यु
वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।
दाङमा चालू आर्थिक वर्ष २०७५–७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५६ जना घाइते भएका छन्।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ दशकिलामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धादिङ जिल्लाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन्।
सुर्खेतकाे वीरेन्द्रनगर–१४ को कटकुवाबाट वनभोज खाएर फर्किने क्रममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्। घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उदयपुरमा एक जनप्रतिनिधिको जेसिबी शुक्रबार दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाकोउदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा भएको जेसिबी दुर्घटनामा परी चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन्।
सशस्त्र प्रहरीको जीप पुलमा ठोक्किँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। गैर चोकस्थित चेक प्वाइन्टको डिउटी टोलीलाई साटफेर गर्न शुक्रबार साँझ साँढे ६ बजे सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर हिँडेको जीप दुर्घटना हुँदा त्यसमा सवार ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।
समुन्द्री सतहदेखि झन्डै ८ हजार ५ सय फिट उचाईमा सिंगल इन्जिनयुक्त अल्ट्रालाइट जहाजको इन्जिन फेल हुँदा पनि क्याप्टेन र विमानस्थल टावरका प्राविधिकको दक्षताका कारण दुर्घटनामा पर्नबाट जोगिएको छ ।
तीन वर्षअघि मात्रै ट्याक खुलेको बाँकी–बाहाकोट सडक खण्डको डाङ्ग्रे मोडमा बुधबार बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो। सुर्खेतबाट बाहाकोट (साविक विशाला गाविसको केन्द्र) जाँदै गरेको भे१च २२०७ नम्वरको बोलेरो जिप बुधबार विहान आठ बजेतिर दुर्घटनामा परेको थियो।
सुर्खेतबाट दैलेखको बाहाकोटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। भे१च २२०७ नम्वरको बोलेरो जीप बुधबार विहान आठ बजेतिर ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटना भएको थियो।
सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
उदयपुरको कटारी नगरपालिका ५ रिस्कु तिनतलेमा मंगलबार दिउँसो टिपर दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।