२ मंसिर २०८१ आइतबार
image/svg+xml

सिन्धुलीमा माइक्रो बस दुर्घटना, ११ घाइते

बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ७ बारामा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

स्कुटर दुर्घटनामा एकको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ घलाते चोकमा शनिबार विहानै  स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

भक्तपुर र ओखलढुंगामा भएका सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। भक्तपुर संवाददाताका अनुसार मध्यपुरथिमी नगरपालिका–२ सानोठिमी ओरालोमा बिहीबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३—०२—००२ प ६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवगंत मन्त्री रवीन्द्र अधिकारीको एक बर्से कार्यकाल हेर्न आग्रह गरेका छन्।

भारतमा बस दुर्घटनामा सातको मृत्यु, २० घाइते

तीव्र गतिमा गुडको बस दुर्घटना हुँदा बुधबार भारतमा कम्तीमा सात जनाको मृत्यु भएको छ। भारतको राजस्थान राज्यमा भएको सो घटनामा परी अरू २० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।

ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

ट्रक र मोटरसाइकल एकापसमा जुध्दा रौतहटमा एक युवकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गको चन्द्रपुर १ स्थित पौराईमा ना ४ ख २०९६ नम्बरको ट्रक र विपरित दिशाबाट आएको बा ६१ प २४८३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकापसमा ठोक्किएको हो।

रुकुममा बस दुर्घटना : २६ घाइते, तीन जनाको अवस्था गम्भीर

राप्ती राजमार्गको सल्यानमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुम (पश्चिम) आउँदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

हेलिकोप्टर दुर्घटनामा हराईरहेको पेस्तोल भेटियाे

फुङलिङ नगरपालिका(१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समितिले बुधवार (आज) बाट काम थाल्ने भएको छ।

तीन दिनमा ४ दुर्घटना

प्याराग्लाइडिङ उडानमा दिनहुँजसो दुर्घटना हुन थालेका छन्। रसियन पाइलट डिमित्री स्टेपान्सिनको मंगलबार सराङकोटबाट ‘टेकअफ’ को क्रममा ज्यान गएको छ। बैदाम चौकीका डिएसपी कोमल शाहका अनुसार टेकअफ गर्ने क्रममा मंगलबार बिहान ११ बजेतिर डिमित्री भुइँमा बजारिएका थिए।

नियमनकारीलाई थाहै नदिई प्याराग्लाइडिङ प्रतियोगिता

पोखराको आकाशमा यति बेला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरिएको छ। तर प्रतियोगिताबारे न त आयोजक खुलेको छ, न नियमनकारी निकायलाई नै जानकारी छ। दिनुहँजसो प्याराग्लाइडिङ दुर्घटना भएपछि बल्ल प्रतियोगिताबारे चासो जागेको हो।

हेमन्त कान्छाको रुवाउने भाका

नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।

जिप दुर्घटनामा दुईको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पृथ्वी राजमार्गमा जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

तनहुँको पृथ्वी राजमार्गमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै दुर्घटना भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्