२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

बामदेवलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझाको आपत्ति, मन्त्री नबनाउन आग्रह

प्रतिनिधि सभाको गत निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको साझाले जनाएको छ।

सरकारद्वारा वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस

सरकारले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

संविधानविद् भन्छन् : राष्ट्रिय सभामा गएपछि गौतमलाई मन्त्री बनाउन संविधान बाधक छैन

२०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ अहिले राष्ट्रिय सभा सदस्य छन्।

बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयन गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ। आजको सचिवाय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

नेता गौतम रोपाइँमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्