२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुरस्कार प्रस्ट्याउन आग्रह

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टिमतर्फ रजत र कांस्य पदक जित्ने खेलाडीको पुरस्कार प्रस्ट नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

सागका कास्य विजेता आचार्य सम्मानित

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल सरकारको आयोजनामा भएको सागमा ब्याडमिन्टन प्रतियोगीतामा टिम इभेन्टतर्फ कास्य पदक जितेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का खेलाडी जीवन आचार्यलाई सम्मान गरिएको हो।

सागमा निर्माण नभएका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन

१३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्। सन्धिखर्क–१२, डिभर्ना घर भई हाल काठमाडौं बस्दै आएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित स्वागत गरिएको हो।

पूर्वका साग विजेतालाई सम्मान

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेतालाई सम्मान र स्वागत गर्ने क्रम जारी छ। यसैबीच मंगलबार इलाम विकास समाजले सागमा पदकविजेता खेलाडीलाई सम्मान गरेको छ।

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण विजेता मण्डेकाजीलाई ५ लाख पुरस्कार

करातेमा दुई स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

सागमा विजेता खेलाडीहरुलाई एनआरएनको बधाई

हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ।

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदैं

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई नगर परिक्रमा गरिने भएको छ। पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

सागमा ऐतिहासिक सफलता

काठमाडौंमा भएको आठौं संस्करणमा नेपालले जुन सफल नतिजा निकालेको थियो, अहिले २० वर्षपछि घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले ५१ वटा स्वर्ण पदक जितेर नेपाली खेलकुदमा इतिहास रच्ने काम गरेको छ।

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

१३ औं  दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ।

नेपाललाई ऐतिहासिक सफलता

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन् १९९९ मा आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले त्यसपछि हात पारेको यो अहिलेसम्मकै सर्वाधिक उपलब्धि हो।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्