२० आश्विन २०८१ आइतबार
image/svg+xml

भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक

भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ। बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

पाकिस्तानी भूमिमा घुस्यो भारतीय सेना, पाकिस्तान क्रुद्ध

भारतीय सेनाले पाकिस्तानी क्षेत्रमा प्रवेश गरी सर्जिकल स्ट्राइक गरेको र आफ्ना सैनिकको हत्याको बदला लिएको दाबी गरेको छ। भारतको रक्षा मन्त्रालय र विदेश मन्त्रालयको संयुक्त पत्रकार सम्मेलनमा सैनिक अधिकारीले उरी हमलामा मारिएका आफ्ना सैनिकको मृत्युको बदला लिएको बताएका हुन्।

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

बुधबार रुपन्देहीको लुम्बिनीमा भएको मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। एक बालक घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–५ महुवारीमा सडक छेउको कलर्भटमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा भारतको सिद्धार्थनगर स्थित कक्रहवा बजारका सन्त गोपाल बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतालाई पाकिस्तानको चेतावनी–बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन्। बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग दिएपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शरिफले जस्तो सुकै परिस्थितिको समना गर्न पाकिस्तान तयार रहेको बताएका हुन्।

भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया स्थगित

संसदीय सुनुवाई विशेष समितिले भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाईको मिति अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ। बुधबार समितिले भारतकालागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनकालागि प्रस्तावित राजदूत लिलामणि पौडलमाथि परेका उजुरीमाथि छानविन गरेको थियो।

भारत–पाक तनाब बढ्ने संकेत

भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार अबेर आएको १९ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग नलिने घोषणा औपचारिक मात्र थियो ।

भारत–पाकिस्तानको टकरावले सार्क सम्मेलन प्रभावित

भारतले हाल सार्कको अध्यक्ष नेपाललाई यसबारे जानकारी दिइसकेको छ। त्यस्तै बुधबार सार्क सदस्य बंगलादेश, भुटान र अफगानिस्तानले पनि विभिन्न कारण देखाउँदै सार्क सम्मेलनमा सहभागी नहुने संकेत गरेपछि पाकिस्तानको राजधानी इस्लामाबादमा नोभेम्बर ९ र १० मा हुने भनिएको १९ औ सार्क शिखर सम्मेलन अन्योलग्रस्त बनेको छ।

भारतपछि अब बंगलादेशले पनि सार्क सम्मेलनमा भाग नलिने

पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागीता नजनाउने बताएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनका प्रेस सल्लाहाकार इकबाल शोभमले सार्क सम्मेलनमा भाग नलिने बताएको बीबीसीले जनाएको छ।

भारतीय राजदूत कोरला नाकामा

भारतीय राजदूत रणजित राय नेपाल र चीनको सीमा कोरला पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिएका छन्। भारतले नेपालमाथि नाकाबन्दी लाएपछि तत्कालीन केपी शर्मा ओली सरकारले सो नाका खोल्न कसरत गरेको थियो।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

भारतले सार्क सम्मेलन बहिष्कार गर्ने

काठमाडौं- भारतले कात्तिक अन्तिम साता पाकिस्तानको इस्लामाबादमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएको छ।

भारतले नेपालसँग राख्यो १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

काठमाडौं-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ।

नेपाल–भारत संयुक्त विज्ञिप्तिप्रति ओलीको आपत्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले अनावश्यक भूमिका आमन्त्रण गरेको भन्दै आपत्ति जनाएका छन्। ‘प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा सुधार आयो भन्नुभएको छ’, मंगलबार संसदमा बोल्दै उनले भने, ‘के कुरामा सप्रियो सम्बन्ध? नाकाबन्दी खुलाउनु भयो कि कुनै रोकिएको सन्धि सम्झौता गर्नु भयो कि ?’

भारतको स्मरणीय जित

स्पिनरद्वय रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाको बलिङप्रेरित भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा १ सय ९७ रनको जित निकालेकोछ ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

यहाँको उत्पादनले नथेगेपछि दसैं–तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ । व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्