९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटर साइकल चालकको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाेक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत लगिएकी गर्भवती महिलाको मृत्यु

सुत्केरी हुन नसकेपछि डोल्पा जगदुल्ला गाउँपालिका १ हुरीकोटकी २८ वर्षिया जमानदेवि रोकायको मृत्यु भएको छ।

बम आक्रमणमा परी छ को मृत्यु, तीस घाइते

इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

माडीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। माडी नगरपालिका वडा नम्बर १ को बरुवा ६५ वर्षिय बाबुराम पौडेल उनका ३५ वर्षका छोरा राजुको हात्तीको आक्रमणमा मृत्यु भएको हो।

घरको पर्खालले किचेर एकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो।

ट्याङ्कर दुर्घटनाका घाइतेको मृत्यु

धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ।

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकामा ट्र्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ।

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।

ट्रयाक्टरले किच्दा एकको मृत्यु

कलैया बीरगंज सडक खण्डको कलैया उपमहानगरपालिका २३ कोइरिया टोल ट्रयाक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यू भएको छ।

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुईजना प्यालेस्टिनीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्