२९ वैशाख २०८१ शनिबार
image/svg+xml

इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन

इलामको क्षेत्र नम्बर २ मा भइरहेको मतगणना अघि साढे ३ बजेदेखि स्थगित भएको छ।

कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता

कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।

रौतहट र सर्लाहीबाट मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना रौतहटमा सुरु भएको छ। आइतबार नै सम्पन्न निर्वाचनको मतगणना सोमबार दिउँसोदेखि हुन थालेपछि प्रारम्भिक नतिजा आउन सुरु भएको हो।

सिन्धुलीमा मतगणना सुरु

सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।

दैलेखको क्षेत्र नं २ मा विवादका कारण मतगणना रोकियो

दैलेखको क्षेत्र नं. २ मा विवादका कारण सोमबार साँझ सम्म पनि मतगणना सुरु हुन सकेको छैन्।

मतगणनाको माग गर्दै दोलखामा गठबन्धनको नाराबाजी

मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले नाराबाजी थालेका छन्।

चितवन क्षेत्र न १ मा कांग्रेसका पौडेलको अग्रता

चितवन क्षेत्र न १ मा कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन्। ३०० मतगणना गर्दा पौडेलले २०१ मत प्रप्त गरेका छन्।

प्यूठानमा अझै सुरु हुन सकेन् मतगणना

प्यूठानमा अझै मतगणना सुरु भएको छैन्। प्यूठानका दुई वटा मतदान केन्द्रको मतपत्रमा समस्या देखिएपछि मतगणना सुरु हुन नसकेको हो।

चितवन १ र २ को मतगणना सुरु

चितवनको क्षेत्र नम्बर १ र २ मा मतणना सुरु भएको छ। आज बसेको सर्वदलिय बैठक सकेपछि चितवनका दुई निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो।

बर्दियाको १ र २ निर्वाचन क्षेत्रमा मतगणना सुरु

बर्दियाको १ र २ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। निर्वाचन क्षेत्र १ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सजय गौतम छन्।

बाँके क्षेत्र नम्बर-२ मा मतगणना सुरु

यहाँ जसपाका ईश्तियाक राई, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा छ।

मोरङमा मतगणना सुरू

मोरङको क्षेत्र नम्बर ४,५ र ६ को मतगणना विराटनगर स्थित आदर्श माविमा सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

सुनसरी क्षेत्र नं १ को मतगणना १ बजेदेखि सुरु हुने

धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं प्रतिनिधिहरुको सर्वपक्षीय छलफलले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

झापा २ मा मतगणना सुरु

आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्