४ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले २०२८ मा जेडी भान्सलाई राष्ट्रपति पदका लागि समर्थन गर्लान् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीबारे अहिले नै चर्चा गर्नु हतार हुने बताएका छन्।

ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा ट्रम्पलाई उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति पदको दौडमा उम्मेदवारी दिएमा आफूले समर्थन गर्ने कि नगर्ने भनेर प्रश्न गरिएको थियो।

ट्रम्पलाई यो प्रश्न सोध्दा भान्स उनीभन्दा ठीक पछाडि उभिएका थिए। ट्रम्पले भान्सको प्रशंसा गर्दै उनलाई ‘अत्यन्त प्रतिभाशाली’ र ‘धेरै राम्रो व्यक्ति’ बताए। यद्यपि, उनले अहिले नै भविष्यको राजनीतिबारे छलफल गर्ने उपयुक्त समय नभएको स्पष्ट पारे।

ट्रम्पले भने, 'अहिले नै धेरै चाँडो हुन्छ। हामीले पहिले मध्यावधि निर्वाचन पार गर्नुपर्छ। त्यसपछि परिस्थिति कस्तो हुन्छ, हेर्नेछौँ।'

पत्रकार मार्क हेल्परिनलाई दिएको एक अन्तर्वार्तामा जेडी भान्सले आफूले अहिलेसम्म राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय नगरेको बताएका थिए।

यद्यपि, उनले आफूले चुनाव लड्ने निर्णय गरेमा ट्रम्पले समर्थन गर्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित: ४ कार्तिक २०८३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App