५ आश्विन २०८१ शनिबार
image/svg+xml

विप्लव समूहका तीन नेता काठमाडौंबाट पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तीन नेतालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले आज मैतिदेवीबाट उनीहरुलाई पक्राउ गरेको हो।

बम विष्फोट गराएको अभियोगमा पक्राउ

नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ।

अटोमा गाँजा ओसार्ने तीन युवक पक्राउ

अटोमा लागुऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित तीन युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा ११, थानाभर्याङबाट पक्राउ परेका उनीहरुलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

चार किलो सुनसहित एक जना चिनिया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको दक्षिणी मिक्लाजुङ ६ बाट ताप्लेजुङ घर भएका विप्लवका कार्यकर्ता पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। हतुवागढी गाउँपालिका–२ का रामकुमार (नाम परिवर्तित)ले आमचोक गाउँपालिका–६ देवानटारकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

अवैधानिक प्रदर्शनका क्रममा रुसमा कैयौं पक्राउ

रुसको राजधानी मस्कोमा शनिबार आयोजित अवैधानिक प्रदर्शनमा सहभागी भएको आरोपमा तीन सयभन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये रुसी विपक्षी नेत्री ल्युवोभ सोबोल पनि रहेको बिबिसीले उल्लेख गरेको छ।

आईएमईबाट दुई लाख लुटने लुटेरा पक्राउ

चोरी भएको झण्डै १० महिनापछि भक्तपुर प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। २०७५ असोज २४ गते भक्तपुरको सल्लाघारीस्थित आईएमईबाट रू दुई लाख निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोरालाबाट लुटपाट गरी फरार रहेका सिन्धुलाल्चोक राम्चे ७ घर भई हाल काठमाडौंको थानकोट बस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई शनिबार पक्राउ गरेको जनाएको छ।

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

एक किशोरीमाथि जवरजस्ती करणी गरेर भाग्न सफल यहाँका युवक प्रहरी फन्दामा परेका छन्। गत असार ४ गते १४ वर्षीया किशोरीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका त्रियुगा नगरपलिका ८ बगाहा बोकेढिकका २० वर्षीय सञ्जय राउत शनिबार दिउँसो पक्राउ परेका हुन्।

सिटिइभिटीको परीक्षामा चिट चोर्ने तीन महिलासहित ४ जना पक्राउ

सीटीईभीटीको परीक्षामा चिट चोर्ने चार जनालाई जनकपुरबाट पक्राउ परेको छ।

थुनाबाट छुटाइदिन्छु भन्दै ठगी

थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

फरार अभियुक्त डेढ महिनापछि पक्राउ

एक बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उदयपुरका पुरुष डेढ महिनापछि पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–१५ खाँबुकी १२ वर्षीया बालिकामाथि जवरजस्ती गरी फरार रहेका सोही ठाउँका कृष्णबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ परेको हो।

माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतमा पक्राउ

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीब भारतमा पक्राउ परेका छन्। अदीब गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन्। भारतीय सुरक्षा अधिकारीका अनुसार अदीब भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको हो।

लागुऔषधसहित दुई पक्राउ

चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्