५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ। बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

ठगी आरोपमा विद्यालयसञ्चालक पक्राउ

ठगी गरेको आरोपमा चितवन प्रहरीले खैरहनी नगरपालिका–८ स्थित ज्ञान सुधा इंग्लिस स्कुलका सञ्चालक राजकुमार दाहाललाई पक्राउ गरेको छ।

नापीका कर्मचारी र लेखनदास पक्राउ

जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्। भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

खैरो हिरोइनसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले खैरो हिरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट पोखरातर्फ आइरहेको बसमा विशेष सूचनाको आधारमा चेकजाँच तथा खानतलासी गर्दा चार जना युवाहरु पक्राउ परेका हुन्।

चितुवाको छालासहित दुई पक्राउ

गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विप्लव समूहका नेता पक्राउ

व्यापारीहरूबाट चन्दा असुल्दै गरेको अवस्थामा विप्लव समूह निकट युवा संगठन नेपाल रुकुम (पश्चिम)का जिल्ला कोषाध्यक्ष कुवेर ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

डेजाभूका सञ्चालक श्रेष्ठ विमानस्थलबाट पक्राउ

काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभूका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्। इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि श्रेष्ठको खोजी प्रहरीले तीब्र रुपमा गरिहेका अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ परेका हुन्।

चाँदीको गहनासहित एक पक्राउ

विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

साढे १३ लाख चोरेको आरोपमा एक जना पक्राउ

साढे १३ लाख रुपैयाँ चाेरेको आरोपमा मोरङ कटहरी—१ का सुरज कामत पक्राउ परेका छन्। साउन ७ गते विराटनगर—१का मोतिराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ नगद चोरेको आरोपमा आइतबार कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

चोरी गर्ने गिरोह पक्राउ

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ।

अर्कै केटासँग प्रेम रहेकाे थाहा पाएपछि हत्या गरेर फरार लामा १२ वर्षपछि समातिए

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ। ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्