९ मंसिर २०८१ आइतबार
image/svg+xml

विष्णु गाउँपालिकाका अध्यक्षलाई कारवाही गर्न पाँच वडाध्यक्षको माग

वडाध्यक्षहरुले सर्लाहीस्थित विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवलाई तत्काल कारवाही ही गर्न माग गरेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत अध्यक्ष यादवले आर्थिक हिनामिना गरेको दावी गर्दै विष्णु गाउँपालिकाका पाँच जना वडाध्यक्षहरुले कार्वाही गर्न माग गरेका हुन्।

मासुजन्य जनावरकाे तस्बिरमा गाईकाे फाेटाे राख्नेलाई कारवाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध

सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले पृथ्वी राजमार्गको आँबुखैरेनी सडक खण्ड अवरुद्ध गरेका छन्।

बिजुलीको पैसा बढी लिने घरधनीलाई कारवाही

नेपाल विद्युत् प्राधिकरणले घर बहालमा बस्ने व्यक्तिसँग बिजुलीको पैसा धेरै उठाउने घरधनीलाई कारवाही गर्ने भएको छ। काठमाडौं उपत्यकामा डेरा लिएर बस्नेहरुले घरबेटीले बिजुलीको पैसा प्राधिकरणले तोकेको महसुल दरभन्दा बढी लिएको गुनासो गरेपछि प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो।

गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले गत आर्थिक वर्ष २०७५/०७६ मा ६२ उद्योगलाई कारवाही गरेको छ। विभागले अनुगमन र निरीक्षण गरेका एक सय ८० उद्योगमध्ये त्यतिलाई कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। विभागले गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगको मात्र अनुगमन, निरीक्षण गर्छ।

एसिड आक्रमणकारीलाई मृत्युदण्ड दिन सांसदको माग

सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे।

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द

युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ ।

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ।

वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ। आज काठमाडाैँ आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो।

खेलकुदमा मिलेमतो गर्नेलाई कारवाही गर्ने तयारी हुदैँ

सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ। मिलेमतो भएको प्रमाणित भएमा उक्त व्यक्तीलाई तीनवर्ष कैद र ३० हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख गरेको छ।

'संविधान अनुकुल ऐन बन्न सकेन'

नेपाली कौग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन भएको बताए। उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइडवडीमा कांग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती समेत दिए।

विप्लव क्रान्तिकारीले शैक्षिक माफियामाथि कारवाही गर्ने

विप्लव निकट अखिल क्रान्तिकारी सेती–महाकालीले शैक्षिक माफियाको नामावली सार्वजनिक गरेर आवश्यक कारवाही गर्ने जनाएको छ। क्रान्तिकारी सेती महाकालीद्वारा जारी प्रेस विज्ञप्तीमा शैक्षिक माफियाको नामावली सार्वजनिक गरेर आवश्यक कार्वाही गर्ने जनाएको छ।

आश्वासन पुरा गर्न नसक्दा जब मेयरलाई महिलाको कपडा लगाएर सहर घुमाइयो...

मेक्सिकोका एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन्। उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन्। यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्