गैरआवासीय राजदूतमा लम्साल नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्।
राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्केका नेपाली कांग्रेसका कपिलवस्तु १ का उम्मेदवार दीपकुमार उपाध्याय बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणी खनालसँग पराजित भएका छन् । खनालले २९ हजार ७९९ मत प्राप्त गरी विजयी भए भने उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरेका छन्।
उत्तर कोरियासँग व्यापार तथा कुटनीतिक सम्बन्ध त्याग्नका लागि अमेरिकाले विश्व समुदायलाई आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा बन्देज लगाउनुपर्ने बताइन्।
भारतीय राजदूत मञ्जिवसिंह पुरीले ओम अस्पताल पुगेर उपचाररत नेपाली काँग्रेस नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार दिउँसो भारतीय राजदूत पुरी चावहिलस्थित अस्पताल पुगेर निधिको स्वास्थ्य लाभको कामना गरेका हुन्।
नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालमा चीनसहित वैदेशिक लगानी भिœयाउन नीतिगत स्थायित्व चाहिने बताएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनका निर्णयबारे जानकारी दिन चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा राजदूय युले लगानीमैत्री वातावरण निर्माण गर्न पनि आग्रह गरिन् ।
भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।
नेपालका लागि नवनियुक्त जर्मनीका राजदूत रोलान्ड सेफरले नेपालको शान्ति प्रक्रिया विश्वलाई नै चकित पार्ने खालको भए पनि यसको उचित प्रचारप्रसार हुन नसकेको बताएका छन्। शान्ति प्रक्रिया पूर्ण रूपमा टुंगिनसके पनि हालसम्म नेपालले प्राप्त गरेको सफलता विश्वकै लागि नमुना बन्नसक्ने उनले जनाए।
नेपालस्थितजर्मन राजदूतावासले लाङटाङ क्षेत्रलाई रेड एरियाबाट हटाएको छ । २०७२ वैशाख १२ गते आएको भूकम्पपछि लाङटाङ क्षेत्र पदयात्रागर्न जोखिमपूर्ण रहेको भन्दै दूतावासले आफ्ना नागरिकलाई त्यस क्षेत्रमा नजान परिपत्र जारी गरेको थियो ।
भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताए। उनले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन्।
सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको एउटा परिवारका सदस्यहरुले पुर्नमिलनको लागि गरेको संघर्षमा आधारित फिल्ममा राजदुत दम्पतीले विशेष भूमिकामा अभिनय गरेका हुन् ।
नेपाल आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिजले भ्रष्ट्राचारका घटनाहरुबारे सरकारले छानवीन गर्नुपर्ने बताएकी छिन्। रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीयलाई कोट ट्विट गर्दै उनले भनेकी छन्, 'भ्रष्ट्राचारका रिपोर्टहरु सर्वत्र छन्। सरकारले तिनमा संलग्नहरुलाई निलम्बन, अनुसन्धान र यो कलंक अन्त्यका लागि भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन अघि बढाउनुपर्छ।'
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले आज शिष्टाचार भेट गरेकी छन्।
श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रिचार्ड मोरिसले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्।