पर्यटन प्रवर्द्धन गर्न नेपाल र तिब्बतबीच १६ बुँदे समझदारी
काठमाडौं– नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल—तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।