६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

थापालाई पुत्रीशोक

सामाजिक न्याय र वकालत क्षेत्रमा सक्रिय तेजश्री थापाको ५२ वर्षको उमेरमा निधन भएको छ। संयुक्त राष्टसंघीय मिसनमा कार्यरत तेजश्रीको अमेरिकाको न्युयोर्कमा निधन भएको हो।

भीरबाट लडेर एक जनाकाे मृत्यु

सिन्धुलीको सुनकोसी गाँउपालिकामा बुधबार एक जनाको लडेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका ५ किराखोरका ६५ वर्षीय रामबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग्यास सिलिन्डर पड्कँदा चारै जनाको मृत्यु भएको पुष्टि

सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा ग्याँस सिलिण्डर पड्किएर भएको दुर्घटनामा परी स्टोरकिपरसहित चारै जना कामदारको ज्यान गएको पुष्टि भएको छ।

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

खैरहनी नगरपालिका वडा नम्बर १ को गणेश चोकमा मंगलबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मंगलाबार घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी रहेको छ।

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको मृत्यु भएको छ। घर पोत्ने रातो माटो लिन डेढ घण्टा टाढा पर्ने साकेला–५ मात्तिमस्थित कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर सोमबार घट्नास्थलमै मृत्यु भएको हो।

टिपरको ठक्करबाट महिलाको मृत्यु

निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर खोटाङमा महिलाको मृत्यु भएको छ। रातो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीय तारा खड्काको मृत्यु भएको हो।

जग्गा विवादमा कारण भएको झडपमा १३४ जनाको मृत्यु

शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणका कारण यति ठूलो संख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेको बताइएको छ ।

ढुंगाले लागेर बालिकाको मृत्यु

इलाम नगरपालिका–८ मा ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ। नगरपालिकाको सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षीया छोरी एलिसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। माछा मार्न बम हान्दा एक जना गम्भिर घाईते भएका छन्।

आगलागीमा परी दुई बालिकासहित तीन जनाको मृत्यु

शनिबार दिउँसो सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी दुई बालिका र एक महिलाको मृत्यु भएको छ।  धनगढीमाई नगरपालिका–१४ अमिलटार स्थित दीपक धमलाको घरमा भएको आगलागीमा परी उनकी ६ वर्षिया छोरी दीक्षा धमला र छिमेकी नित्यराज पोखरेलकी ७ वर्षिया छोरी रितु पोखरेलको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर

व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिवार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ८ ख ३५२७ नंम्वर को ट्रकले बिग्रीएर बनाउन लागेको  ना १ ख ६१६२ नं को ट्रकलाई ठक्कर दिदाँ  बनाउन लागेको ट्रकका चालक  चितवन टाडी बस्ने २५ बर्षिय सन्तोष राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आगलागीबाट छ महिने शिशुको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नम्बर २ को काउलेमा शुक्रबार आगलागी हुँदा छ महिने शिशुको मृत्यु भएको छ। दिउँसो करिब ३ बजे घरमा लागेको आगलागीमा रामबाबु प्रजाको ६ महिने छोरा शिव प्रजाको मृत्यु भएको हो। आगलागीमा जलेर शिशुको घटनास्थलमा नै मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्