चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ।
सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ।
प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।
रुकुम (पूर्व) मा ११ तोला सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भुमे गाउँपालिका–८, कोर्जाका १९ वर्षीय तारा बुढा मगरलाई सुन सहित पक्राउ गरिएको हो।
वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ।
अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।
धनगढीमा एक हप्ताअघि गोली प्रहार गरेर अार्इएमर्इका कर्मचारीबाट साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना पक्राउ परेका छन्।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।
तमिलकी चर्चित टिभी कलाकार संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको एक निजी रिसोर्टबाट प्रहरीले छापा मारी रंगेहात गिरफ्तार गरेको हो।
अदालतबाट विभिन्न मितिमा फैसला भएर फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरले आइतबार एकै दिन १५ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झन्डा देखाएको आरोपमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले अवैध ३ लाख भारतीय रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
विराटनगरको महेन्द्र चोकमा निर्माणाधिन सडकमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्त पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ। परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।