१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरेको दुई साता नबित्दै नेपाल राष्ट्र बैंकले दबाब दिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुनः निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ।

राष्ट्रिय वाणिज्य बैंककाे लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन्।

गण्डकी विकास बैंकका तीन शाखा थपिए

गण्डकी विकास बैंकले थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ र लामाचौरमा शाखा खोलेको हो ।ती शाखाबाट औपचारिक रुपमा वित्तीय कारोबार सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको बैंकले जनाएको छ ।

डेभलपमेन्ट बैंकमा ‘भद्र सहमति’

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको छ । एसोसिएसनको गत बिहीबार बेलुका बसेको बैठकले उक्त सहमति गरेको हो।

मेगा बैंकका तीन नयाँ बचत योजना

मेगा बैंक नेपाल लिमिटेडले एउटा मुद्दती र दुईवटा बचत योजना ल्याएको छ। सर्वाधिक ब्याज दिने उद्देश्यले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ ।

विद्यालयलाई गण्डकी विकास बैंकको सहयोग

गण्डकी विकास बैंकले लक्ष्मी मावि लेखनाथको ६०औं वार्षिकोत्सवको अवसरमा ३५ हजार रुपैयाँआर्थिक सहयोग गरेको छ।

ज्योतिको एनआइसी एसिया र सेञ्चुरी बैंकसँग सम्झौता

ज्योति विकास बैंकले एनआइसी एसिया बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता गरेको छ। अब एनआइसी एसिया र सेञ्चुरी बैंकका सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भुक्तानी लिन सकिने छ।

सनराइज बैंककाे कार्यक्रम

सन्राइज बैंक लिमिटेडको इटहरी शाखाले ग्राहकको स्वास्थ्य तथा दुर्घटना बिमा र अन्य इलेक्ट्रोनिक बैंकिङ सुविधाबारे जानकारी गराउन छलफल कार्यक्रम गरेको छ।

बैंकको घर–जग्गामा दुई खर्ब ६९ अर्ब

२०६६ पुसमा तत्कालीन गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले घरजग्गामा अन्धाधुन्ध लगानी गरेको र यसले वित्तीय समस्या निम्तन सक्ने भन्दै थप लगानी रोक्ने आदेश दिए ।

एभरेस्ट बैंकद्वारा विद्यापीठलाई पुस्तक

एभरेस्ट बैंक धनगढी शाखाले निर्लिसैनी गुरुकुल संस्कृत विद्यापीठलाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तक उपलब्ध गराएको छ । धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड, एभरेस्ट बैंक धनगढी शाखाका प्रबन्धक यज्ञराज तिमिल्सिना र कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा विद्यापीठका विद्यार्थीलाई पुस्तक वितरण गरेको बैंकले जनाएको छ ।

ऊर्जामा बैंकको लगानी बढाउन माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा गर्ने लगानीलाई १५ प्रतिशत पुर्याउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा उक्त व्यवस्था गर्न उसले माग गरेको हो।

गोकुलेश्वर र बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।

गरिमा र लुम्बिनी विकास बैंकबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच एक आपसमा ‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्