१४ आश्विन २०८१ सोमबार
image/svg+xml

एनएमबिको तलब खातामा उत्साह

तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी ल्याइएको एनएमबि तलब खाताले देशभर उत्साह जगाएको बैंकले जनाएको छ।

‘लगानीयोग्य रकम अभाव हुँदैन भन्नेमा आशावादी छौं’

गोविन्द गुरुङ प्रमुख कार्यकारी अधिकृत सिभिल बैंक लिमिटेड २२ वर्षको बैंकिङ अनुभव सँगालेका गोविन्द गुरुङले १३ महिनादेखि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हाल्दै आएका छन्।

चितवनमा ज्योति विकास बैंक

ज्योति विकास बैंकले चितवनको नारायणगढमा शाखा खोलेको छ। उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधान र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

हेम्जामा कैलाश विकास बैंक

कैलाश विकास बैंकले कास्कीको हेम्जामा शाखा खालेको छ। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

एभरेस्ट र सिटी एक्सप्रेसबीच सम्झौता

एभरेस्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स (विप्रेषण) कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

लक्ष्मी बैंक र के–ल्याबबीच सम्झौता

लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एन्ड रिफरल सेन्टर (के–ल्याब) बीच मुलुकभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ।

सिरहामा माछापुच्छ्रेको दुई शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेडले सिरहामा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

गरिमा–युनियन लाइफ बैंकान्स्योरेन्स

गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सिभिल बैंकको बिमा रकम भुक्तानी

बुटवलका निक्षेपकर्ता वंसराज थारुको दुर्घटनामा ज्यान गएपछि सिभिल बैंकले उनका आफन्तलाई बिमा रकम भुक्तानी गरेको छ।

जनता बैंकद्वारा स्कुललाई कम्प्युटर

जनता बैंक नेपालले सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्