काठमाडौं – बुटवलका निक्षेपकर्ता वंसराज थारुको दुर्घटनामा ज्यान गएपछि सिभिल बैंकले उनका आफन्तलाई बिमा रकम भुक्तानी गरेको छ।
मृतकका श्रीमती शान्तीदेवी थारुलाई बैंकले बिमाको एक लाख ७४ हजार २ सय ४० रुपैयाँ उपलब्ध गराएको जनाएको छ । नारायणघाटमा भएको कार्यक्रममा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले सो रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ।
प्रकाशित: १८ भाद्र २०७५ ०५:४७ सोमबार