२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

छात्रवृत्ति वितरणको विवरण पठाउन कामपाद्वारा परिपत्र

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ।

जबर्जस्ती करणीका मुद्दा छिटो टुंग्याउन परिपत्र

देशमा जबर्जस्ती करणीका घटना बढ्दै गएका बेला महान्यायाधिवक्ताको कार्यालयले त्यस्ता मुद्दा छिटो टुंगो लगाउन जिल्ला, उच्च सरकारी वकिल कार्यालयहरूलाई निर्देशन गरेको छ।

बंशजको नागरिकता दिने गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले बंशजका आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले जारी गरेको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहबाट जारी बंशजका आधारमा नागरिकता वितरण गर्ने परिपत्र यथास्थितीमा राख्न सरकारमा नाममा आदेश जारी गरेको हो।

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ।

स्थानीय तहलाई बजेट बनाउन परिपत्र

सरकारले स्थानीय तहलाई ९ करोडदेखि एक अर्ब रुपैयाँसम्मको सिलिङमा रहेर आगामी आर्थिक वर्षको बजेट बनाउन परिपत्र गरेको छ। अर्थ मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाई सिलिङबारे जानकारी गराएको हो। काठमाडौं महानगरपालिकालाई एक अर्बको सिलिङ राखिएको छ।

न्यायाधीशविरुद्ध मुद्दा नलिन परिपत्र

सर्वोच्च अदालतले न्यायाधीशविरुद्ध मुद्दा नलिन मातहत सबै अदालतलाई परिपत्र गरेको छ। 'न्यायाधीशलाई व्यक्तिगत रुपमा विपक्षी बनाई मुद्दा दर्ता नगर्न' सबै प्रकारका अदालतलाई यसअघि नै भएको निर्देशनात्मक आदेशअनुसार सर्वोच्चले उच्च अदालत, प्रशासकीय अदालत, विशेष अदालत, न्यायाधिकरण, श्रम अदालत सहित सबै इजलासलाई मंगलबार परिपत्र गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्