५ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकार हेरफेरको चर्चा : दाहाललाई विश्वास तोडिने चिन्ता

तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ।

ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम

‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन’ उनले भने। नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्ने बताएका छन्। ‘सहमति जे भएको छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ।’ उनले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’

सत्तारुढ सांसद नै भन्छन् : सरकारलाई सुझाव दिनु भगवानलाई पाती चढाए जस्तो

प्रदेश सभाको झण्डै डेढ वर्षे अभ्यासमा प्रदेश १ को संसदमा सांसदहरुले सबैभन्दा धेरैपटक व्यक्त गरेको गुनासो हो, सांसदको कुरा सरकारले सुनेन। विपक्षी दलका मात्रै होइन, सत्तारुढ दलकै सांसदहरु पनि रोष्टममा उभिएर यही दुखेसो गरिरहेका हुन्छन्।

सरकारले लोकतन्त्रमाथी धावा बोल्यो : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप लगाएका छन्।

जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको अर्थमन्त्रीकाे दाबी

अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन्।

'जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याइयाे'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ।

युवा तथा खेलकुदमा ३ अर्ब ९९ करोड बजेट

सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुदको लागि ३ अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले युवाहरुको क्षमता विकासको विशेष प्राथमिकता दिएको बताए ।

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाइसकेका बेला वर्तमान सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व १ करोड विनियोजन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए।

वृद्ध भत्ता बढ्यो, अब मासिक ३ हजार

सरकारले बृद्ध भत्ता बढाएको छ। मासिक दुई हजार भत्ताबाट बढाएर तीन हजार बनाएको हो। अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट भाषण गर्दै वृद्ध भत्ता बढाएको घोषणा गरे।

इदमा सार्वजनिक बिदा दिन माग

नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ। बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्।

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

अबको ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउँछः सेना, प्रतिवेदन स्वीकृत गर्न निर्देशन

नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ। सेनाका अनुसार अबकाे ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउने छ।

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। केपीशर्मा ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिन नसकेको भन्दै नेविसंघ सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्