जगदुल्लामा २२ अर्बमा हाइड्रोपावर निर्माण गरिँदै
जगदुल्ला जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण कार्य यतिबेला अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको डिपिआर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।