४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महाथिरले अन्वार इब्राहिमलार्इ जेलबाट बाहिर निकाले, सजाय माफी

मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन्। गुदमैथुनको अभियोगमा जेल परेका  इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो।

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

ताइवानमा एउटा विस्फोटनको घटनामा संलग्न १२ जनालाई शुक्रबार जेल सजाय सुनाइएको छ।  चार वर्ष अगाडि भएको विस्फोटनको घटनामा परी ३२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। ताइवानको दक्षिणी कौसिङ सहरमा विस्फोट भएको थियो।

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्।

अब बलात्कारकाे सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित

भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ।  शनिबार प्रधानमन्त्री निवास सेवन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो।

बलात्कारको सजाय पुगेन

बलात्कारका घटना बग्रेल्ती सुनिन्छन्। कानुुनीभाषामा बलात्कार भन्नुु जबर्जस्ती करणी हो। विनामन्जुरी, करकाप, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ।

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित

भारतीय चर्चित अभिनेता सलमान खानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय भने खुशी भएको छ । बीस वर्षअघि कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले सलमान खानलाई रु १० हजार जरिवाना सहित ५ वर्ष जेल सजायपछि बैष्णोइ समुदाय खुशी भएको छ ।

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खान दोषी ठहर भएका छन्। सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको मुद्दामा विहीबार जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले  सलमानलाई दोषी ठहर गरेको हो।

बहुविवाह गर्नेलाई जेल सजाय र जरिवाना

श्रीमति हुँदाहुँदै अर्की भित्र्याउने जिल्लाका एक पुरुषलाई जेल सजाय हुने भएको छ। सौता ल्याएको भन्दै जेठी शान्ता राईले उजुरी दिएपछि पक्राउ परेका चौदण्डीगढी नगरपालिका–३ शनिबारेका सन्नी राईलाई जिल्ला अदालत उदयपुरले १ वर्ष जेल र जरिवाना सजायको फैसला सुनाएको हो।

भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल सजाय

मलेसियाको संसद्ले भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था पारित गरेको छ । संसद्ले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्षसम्म जेल जानुपर्ने भएको छ।

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ।

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो।

भ्रष्टाचारी निरौलालाई ७ वर्ष जेल सजाय

विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भएको करिब डेढ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार काण्डमा तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई मुख्य दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको छ।

बलात्कारीलाई चार पटकसम्मको फाँसी सजाय

पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ। सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो। एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो।

जेल सजायको विरोध

इजिप्टमा वर्तमान सरकारद्वारा प्रतिबन्धित घोषणा गरिएको एक राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा यहाँका २० जना विद्यार्थीलाई जेल सजाय सुनाएको घटनाको विरोध भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्