चट्याङ लागेर दुई जनाको मृत्यु
मंगलबार बिहान परेको चट्याङ लागेर दुई जनाको निधन भएको छ। वर्षासँगै चट्याङ पर्दा जिल्लाको पश्चिमी कटारी नगरपालिका ११ हर्देनीका ४७ वर्षीय भेषराज खत्रीको घरमै निधन भएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान परेको चट्याङ लागेर दुई जनाको निधन भएको छ। वर्षासँगै चट्याङ पर्दा जिल्लाको पश्चिमी कटारी नगरपालिका ११ हर्देनीका ४७ वर्षीय भेषराज खत्रीको घरमै निधन भएको प्रहरीले जनाएको छ।
जिल्लाको मालिका गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका गाउँपालिका ४ अर्खवाङ्गका ८० वर्षीय डोरबहादुर खत्रीको मृत्यु भएको हो ।
दक्षिण भारतीय राज्य तामिल नाडू प्रान्तीय राजधानी चेन्नाइमा अवस्थित एक आवासीय भवनमा सोमबार भएको आगलागीमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।
बाग्लुङमा करेन्ट लागेर दुई युवाको मृत्यु भएको छ । नेपाल टेलिकमको निर्माणाधीन भवनमा काम गर्ने दुई जनाको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
युगान्डामा गत महिना मृत्यु भएका भोजपुर साल्मा, केउरेपानीका सीताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाले सहयोग गरेको छ।
नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
कुरिनटारमा माइक्रोबसको ठक्करबाट आइतबार मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ ।
काठमाडौंको बिजुलीबजारमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा घर भइ हालः काठमाडौं शान्तिनगर बस्ने चन्द्र निरौला छन्। गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा मृत्यु भएको हो।
भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् ।
चाँगुनारायण नगरपालिका ३ झौखेलमा बुधबार घर अगाडि खेलिरहेको ३० महिने बालकलाई गाडीले ठक्कर दिंदा मृत्यु भएको छ। रामेछाप घर भई हाल झौखेल बस्ने बस्ने ३० महिनाको एनिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा एक युवतीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका ११ फावाखोला बस्ने १८ वर्षीया हिमा बिष्टको घरदेखि करिब एक किलोमिटर टाढा गौंथले भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।