१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

खाली पेटमा लिच्ची खाँदा मृत्यु

हालैको एउटा शोधले देखाएअनुसार खाली पेट र कुपोषणले ग्रस्त बालबालिकालाई लिच्ची खुवाउनु हुँदैन। खुवाए तिनको ज्यानसमेत जान सक्छ। सन् १९९५ मा इन्डियाको विहार राज्यस्थित मुजफ्फरपुरमा फैलिएको मानसिक रोगका लागि लिच्चीलाई जिम्मेवार ठानिएको छ। तर यस शोधको विरोधमा कैयौँ प्रश्न नउठेका पनि होइनन्। ती प्रश्नको जवाफ भने अझै अन्धकारमै छन्।

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ।

लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन्।

ट्याङ्करले ठक्कर दिँदा किशोरीको घटनास्थलमै मृत्यु

पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ।

बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ। गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु

कुसुमखोला–७ गोदीमा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ। विद्यालय जाने क्रममा वर्ष ८ की सविना बगालेलाई लु १ क ११२० नम्बरको बसले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो।

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बुटवलबाट गुल्मीको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ६९८२ नम्वरको बसले विपरित दिशाबाट आएको मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।

आर्थिक अभावले उपचार हुन नसक्दा मुटु रोगीको मृत्यु

मुटु रोगबाट पीडित प्रकाश ल्वारको सोमबार मृत्यु भएको छ। २ वर्षदेखि मुटु रोगबाट पीडित तुलवीरे ल्वारका छोरा प्रकाश ल्वारको उपचार हुन नसकी १८ वर्षको उमेरमा मृत्यु भएको आफन्त धनवीरे ल्वारले बताए।

डिजे हेर्न गएका बालकको अचानक लडेर मृत्यु

चर्को आवाजमा डिजे बजाउँदा महोत्तरीमा एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका १५ सुगामा सोमबार राति आएको जन्तीमा चर्को आवाजमा डिजे बजाउँदा सोही ठाउँका १२ वर्षीय वालक अमिरुल अंसारीको मृत्यु भएको छ।

भिरमा विस्फोट गर्दा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

कुपोषणले बालिकाको मृत्यु

कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भयो। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए।

स्टम्प प्रहारबाट क्रिकेटरको मृत्यु

बंगलादेशमा दुई छिमेकी टोलीबीच भएको मैत्रिपूर्ण क्रिकेट खेल दौरान ब्याट्सम्यानले आक्रोशित भएर  स्टम्पले प्रहार गर्दा एक १४ वर्षे क्रिकेटरको मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ। दक्षिणी–पूर्वी सहर चितागोङमा सम्पन्न खेलमा ब्याट्सम्यानलाई आउट दिँदा फैजल हुसेन फिल्डिङ गरिरहेको सहायक प्रहरी निरिक्षक जहाँगिर आलमले बताए।

पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु

दोभान–४, श्रीडाँडामा लु १ ज २६८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्