१३ आश्विन २०८१ आइतबार
image/svg+xml

गौहत्याकाे बिरोध गर्न राप्रपाले र्‍यालीसहित विरोध सभा गर्ने

राप्रपाले गौहत्याको बिरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना, संघीयताका खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरुको पूर्ण छानबिन लगायतका विषयमा सरकारबिरुद्ध प्रदर्शन गर्न लागेको हो।

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली

वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो।

गौहत्यामा नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद

गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए ।

नगर प्रहरी निरीक्षकसहित थप दुई पक्राउ

नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख पठाउन लागिएका मध्ये ३७ गाईहरु सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको विषयमा अनुसन्धानका लागि सुर्खेत प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

कान्जी हाउसभित्र राखिएका मध्ये करिब २ सय ९० जति चौपायालाई उपमहानगरपालिकाले बिहीबार राती अचानक ८ वटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो। त्यसपछि शुक्रबार बिहानपख सुर्खेतमा करिब ३ दर्जन जति गाईलाई ‘भिरबाट खसालेर मारिएको’ र दर्जनौं संख्यामा घाइते रहेको भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भयो। सुर्खेतको कटकुवामा मरेका चौपायाको तथ्यांक अहिलेसम्म पनि एकिन छैन।

गौहत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन, दोषी कसैलाई नछोडिने

सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

भिरबाट खसालेर ‘गौहत्या’

प्रहरीका अनुसार नौ वटा चौपायाहरुलाई भिरबाट खसालेर मारेको पाइएको छ। कटकुवा जंगलमा फेला परेका मध्ये एक सय ५० भन्दाबढी चौपायाहरु घाइते छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्