जीवनशैली
बदला लिएर हैन आफूलाई बदलेर समस्याको समाधान हुन्छ । झैंझगडा गरेर सम्बन्ध टुटाउनुको साटो सम्बन्ध बढाएर झगडालुलाई जुटाउनु ठूलो कुरा हो । अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नुहुन्न किनभने सबैसँग कमजोरी रहन्छ र अरूसँग पनि हँसीमजाक गर्ने सामर्थ्य हुन्छ । जीवनलाई आफ्नै लय र सुरमा हिँड्न दिनुपर्छ । प्रतियोगिताजस्तो अरूलाई उछिन्न खोज्नु बुद्धिमानी होइन । नकारात्मक विचारले सकारात्मक जीवन बनाउँदैन । फलामले फलामलाई काटेजस्तो पनि क्रोधले क्रोधलाई काबुमा ल्याउँदैन । बरु विनाश मात्रै जन्माउँ