२८ भाद्र २०८३ आइतबार
image/svg+xml

धनगढीमा अटोरिक्साको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, एक घाइते

कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय एक बालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।

बाढी प्रभावित १७० अभिभावकविहीन बालबालिकालाई संरक्षण गर्न कास्कीका बालगृह तयार

कास्कीका बालगृहहरूले भोटेकोशी बाढीबाट प्रभावित भई अभिभावकविहीन भएका बालबालिकाहरूलाई संरक्षण गर्न आफूहरू तयार रहेको जनाएका छन्।

सांसद खरिद-बिक्रीमा एमाले सुध्रिएन, आफ्ना मान्छे पनि खसीबाख्रा जस्तै भए: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (एमाले) ले बागमती प्रदेशमा आफ्ना सांसदहरू खरिद-बिक्री गरेको आरोप लगाएका छन्।

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन्। संघको ३५ औँ कार्य समितिको अध्यक्षमा साह निर्विरोध चयन भएका हुन्।

गृहमन्त्री गुरुङद्वारा विपद् उद्धार सामग्रीको निरीक्षण

निरीक्षणका क्रममा उनले विपद् व्यवस्थापनको तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमता र प्रभावकारी परिचालनबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्।

सरकारविरुद्ध माइतीघरमा उत्रिए जाजरकोटे युवा: ‘न राहत पाइयो, न दरबार बन्यो’

वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

प्रहरी वृत्त गौशालाको पुन:निर्मित भवन उद्‌घाटन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित भवनको आइतबार उद्‌घाटन गरेका छन्।

बाराको जीतपुरसिमराबाट एकै परिवारका तीन बालबालिका बेपत्ता

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाका एकै परिवारका तीन जना बालबालिका आइतबार बिहान देखि सम्पर्कविहिन भएका छन्।

मिडियामाथिको नियन्त्रण लोकतन्त्रका लागि चुनौती : नेता ज्ञवाली

लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाउँदै ज्ञवालीले भने, ‘यो विज्ञापन बन्द गर्ने कुरा मात्र होइन, अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास हो।’

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका ४२ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

भोटेकोशी बाढीका शव पहिचान गर्न डीएनए म्याचिङ थालियो, नतिजा आउन एक महिना लाग्ने

भोटेकोशी बाढीमा फेला परेका शवहरूको पहिचानका लागि संकलित डीएनए र आफन्तको डीएनए नमुना म्याचिङको काम सम्पन्न हुन कम्तीमा एक महिना लाग्ने भएको छ।

चराको बथानलाई ड्रोन ठानेर नेटोको लडाकु विमान परिचालन गरेपछि...

लिथुआनियाको भिल्नियस विमानस्थलमा सम्भावित ड्रोन देखिएपछि केही समय उडान बन्द गरिएको थियो।

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी चलाउने तयारी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।

सरकारसँग निकट देखिएका धार्मिक गुरु श्रीनिवास सत्तारुढकै सांसदसँग किन आक्रोशित ?

धर्म गुरु आचार्य श्रीनिवासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह र प्रमुख सचेतक क्रान्तिशिखा धितालप्रति आक्रोश व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्