२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

दिल्लीमा उद्धार गरिएकी बालिका तीन महिनापछि नेपालमा

नेपालका सरोकारवालाहरूको उपस्थितिमा महावाणिज्यदूत नितेश कुमारले मंगलाबार बालिकालाई बुवाको जिम्मा लगाए। कुनै चेली पनि यसरी हराउने अवस्था नहराउने वतावरण बनाउन र हराइहाले सकुशल उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सबैको सहकार्य आवश्यक रहेको महावाणिज्य दूतावासका अधिकारीहरूले प्रतिक्रिया दिए।

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।

एउटै देशमा चार महावाणिज्य दूतावास

पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्