७ वैशाख २०८१ शुक्रबार

रेमडिसिभिर औषधि अभाव

कोरोना संक्रमणबाट अवस्था गम्भीर भएका बिरामीमा प्रयोग गरिने रेमडिसिभिर औषधिको अभाव देखिएको छ। भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा परेको हो।

निःशुल्क पाएको औषधिमा पनि अल्झन

बंगलादेशले १७ दिनअघि दिएको पाँच हजार भाइल रेमडिसिभिर शनिबार काठमाडौं आइपुगेको छ। निजी कम्पनीले ल्याएको रेमडिसिभिर बजारमा रहेकाले व्यापारीहरूको चलखेलमा बंगलादेशले निःशुल्क दिएको औषधि ल्याउन ढिला गरिएको हो। व्यापारीको चलखेलमा औषधि व्यवस्था विभागले निःशुल्क रेमडिसिभिर ल्याउन ढिलो गरी अनुमति दिएको स्रोत बताउँछ।

रेमडिसिभिर जथाभावी बिक्री गरे कारबाही

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै क्लिनिकल ट्रायलका रूपमा नेपालमा लिइएकोरेमडिसिभिर औषधि जथाभावी सिफारिसर बिक्री गर्नु कानुनविपरीतरहेको जनाएको छ। सरकारले कोभिड–१९ घोषणा गरेका अस्पताल, स्वास्थ्य अनुसन्धान परिषद्ले तोेकेका चिकित्सकर बिरामीको अनुमतिमा मात्र प्रयोग गर्नेगरी नेपालमा लिएकोले अन्य रूपमा बिक्री तथा सिफारिस गरेको पाइएमा कानुनविपरीत कार्य ठहर गर्ने जनाएको छ।

रेमडिसिभिर औषधि आयात गर्न अनुमति

औषधि व्यवस्था विभागले कोरानाका गम्भीर बिरामीमा प्रयोग हुने ‘रेमडिसिभिर’ नामक औषधि आयत गर्न अनुमति दिएको छ। विभागले शनिबार आयात अनुमितको निर्णय गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट सिफारिस आएपछि आयातकर्ताको हकमा विभागले अनुमति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्