८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

‘सरसफाइमैत्री पालिका’ साकेला

साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ।

सरसफाइ प्राविधिकलाई स्वदेशमै अवसर

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधार व्यापक भएकाले यस क्षेत्रका विद्यार्थी प्राविधिकले देशमै काम गर्ने सुअवसर रहेको राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।

सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन महानगरपालिकाका प्रमुख साहको आग्रह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन।

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ।

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि...

सफा र चौडा सडक १ सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ।

वाग्मती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रूपैयाँ उठिसकेको छ। तर प्रगति शून्य छ। वाग्मती नदी अहिले पनि ढलझैं बगिरहेको छ।

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ।

पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान: पाँच सय किलो फोहर सङ्कलन

कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्