२३ वैशाख २०८१ आइतबार
image/svg+xml

प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो।प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

स्याङ्जाका तीन पालिकामा भैँसी जोन कार्यक्रम

स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ।

पानी प्रशोधन केन्द्रको पर्खाल भत्कियो

भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पूर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको हो।

अब उपत्यकावासीकाे घरघरमा दैनिकरूपमा मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

सैनामैनामा अर्बको फोहोर प्रशोधन केन्द्र

विकसित मुलुकले सहरबीच पर्ने नदीनालालाई स्वच्छ र हराभरा बनाउँछन्। नेपालमा भने संघ राजधानी काठमाडौंमै नदी र खोलानालालाई फोहोर फ्याक्ने डम्पिङ साइट बनाउने गरिएको छ। राजधानीको पवित्र नदी बाग्मतीसमेत फोहोर फाल्ने नदीमा परिणत भएको छ।

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको छ । सदरमुकाम अवस्थित फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालिएको हो । अहिले ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत फुङलिङ नगरपालिकाका विभिन्न वडाका उपभोक्तालाई खानेपानी सुविधा प्रदान गरिँदै आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्