२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बजेट कागजको घोडाजस्तो आयो, पानीजहाज र रेल चढ्न नपाइने भयाे : नेता खाँड

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिएका छन्।

प्रेस युनियनले मिसन बोलाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनले मिडिया काउन्सिल विधेयक सरकारले नसच्याए अन्तर्राष्ट्रिय मिडिाया मिसन बोलाउने बताएको छ। युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफलमा अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रताको रक्षाका लागि आवश्यक परे अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने बताएका हुन्।

सुशोभनको शैली स्याबासी प्रथाजस्तै : रिजाल

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले संविधान निर्मातालाई चिनारी वितरण गर्ने सुशोभनको शैली स्याबासी प्रथाजस्तै भएको बताएका छन्।

इदले एकताको सन्देश दिएको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रले एकताको सन्देश दिएको बताएका छन्। इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास छ।

कांग्रेसले गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

कम्युनिस्ट सरकारले देश नै डुबाउन लाग्योः नेता लेखक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाइडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको आरोप लगाएका छन्। उनले भने, ‘देशको वाइडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’

नयाँ विज्ञापन नीतिले अर्थतन्त्रमा पार्नसक्ने असर

विज्ञापन नियमनको लागि भन्दै सरकारले अघि सारेको ‘विज्ञापन विनिमय विधेयक’ प्रतिनिधिसभामा पुगेको छ। राष्ट्रियसभाले पारित गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास भई कानुन बनेर आएमा नेपालमा प्रसारण हुँदै आएका विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नुपर्ने अवस्था आउने देखिन्छ। यो अवस्थामा १ सय ५० भन्दा बढी विदेशी च्यानल बन्द हुनेछन्। विज्ञापन नीतिले एक त मिडिया बन्द हुने अवस्था आउने भने अर्काेतिर नेपाली अर्थतन्त्रमा समेत असर पार्ने देखिन्छ।

रिमाको ‘मिस्टर नेपाली’ भुवन

पछिल्लो समयमा फिल्म निर्माणमा व्यस्त अभिनेता भुवन केसी अब दोहोरो भूमिकामा दर्शकमाझ आउने भएका छन्। देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘मिस्टर नेपाली’मा भुवन दोहोरो भूमिकामा देखिन लागेका हुन्। राजधानीमा सोमबार एक कार्यक्रम गर्दै फिल्मको घोषणासँगै सोमबारबाटै छायांकन सुरु भएको जानकारी दिइयो।

जागरण अभियान प्रभावकारी भएन: सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्।

कांग्रेस केन्द्रीय नेताले भने, ‘सरकारले जनताका हरेक अधिकारलाई लत्यायो’

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले संविधानले दिएको अधिकारलाई मिचेर कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र प्रर्दशन गरेको आरोप लगाएका छन्। राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनीहरुले कम्युनिस्ट सरकारले संविधानको भावना विपरित जनताका हरेक अधिकारलाई लत्याएको ठोकुवा गरे।

कमजोरी औंल्याउने काम पत्रकारको होः प्रवक्ता शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन्। पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताए।

प्रकाशमानको गुनासोः पार्टीलाई सुधार्न खोज्दा नेतृत्वकाे विरोध गरेको आरोप लाग्छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्। संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्यायोः कार्की

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको दावी गरेका छन्।

मिडिया काउन्सिल विधेयकबारे कोइरालाको आपत्ति

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानून ल्याउन लागेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्