२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाली महिला क्रिकेट टोली टि–२० स्म्यास क्रिकेटको फाइनलमा

इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

सेनाको हतियार खरिद अन्योलमा

सरकारले नेपाली सेनाको आधुनिकीकरण तथा शान्ति सेनामा खटिने सैनिकका लागि हतियार खरिद प्रक्रिया अन्योलमा परेको छ। अमेरिकासँग जी टु जी प्रक्रियाअन्तर्गत हतियार खरिद प्रक्रिया अघि बढाइए पनि ‘भुक्तानी विधि’ का कारण उक्त प्रक्रिया रोकिएको छ। सरकारले सेनाका लागि अमेरिकामा निर्मित एम–१६ सिरिजको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो।

रुपन्देहीमा राजधानी कायम गर्न काँग्रेसको खबरदारी

नेपाली काँग्रेसले रुपन्देहीलाइ नै स्थाइ राजधानी कायम गर्न माग गर्दे बिहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरयो। खबरदारी सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा बिभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिए।

नेविसंघमा नयाँ समिति गठन गर्न दबाब

नेपाली कांंग्रेसलेको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्वबाट १२ औं महाधिवेशन सम्भव नरहेको असन्तुष्ट पक्षले जनाएका छन्। संघका असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल निवासमा धर्ना दिँदै तत्काल तदर्थ समिति गठन गर्न माग गरेका हुन्।

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ।

पूर्ववर्ती सरकारका निर्णय उल्टाउने प्रयास गरे कम्युनिष्ट आफै उल्टिन्छ : खाँड

नेपाली कांग्रेसले रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्न माग गर्दे विहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेकाे छ। सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय तथा विभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।

डा. केसीका मागलाई सरकारले बेवास्ता गर्‍यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले मेडिकल शिक्षा सुधारका माग राखी आमरण अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसी कुनै पनि पार्टीको सदस्य नभएको बताएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपाका केही नेताहरूले सार्वजनिक रुपमै डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको टिप्पणी गरेकोमा थापाले आपत्ति जनाए।

प्रधानसेनापति थापा फर्किए

भारतीय सेनाको निमन्त्रणामा गत पुस २७ मा भारत भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको हेलिकोप्टरबाट बुधबार स्वदेश फर्किएका छन्।

केसीलाई तत्काल सम्बोधन गर्न कांग्रेसको माग

प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँगको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले केसीले उठाएका मागको सरकारले अवमूल्यन गरेको आरोप लगाएको हो।

स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रूपैयाँ) बचत गरेको तथ्य खोजपत्रकारिता केन्द्र नेपालले बुधबार सार्वजनिक गरेको छ। यसबापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रूपैयाँ) ब्याजसमेत पाइसकेका छन्।

राष्ट्रनिर्मातामाथि राजनीति

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

बुटवललाई स्थायी राजधानी बनाउन कांग्रेसले खबरदारी सभा गर्ने

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला गत वर्ष माघ ३ गते बुटवललाई अस्थायी राजधानी तोकेको थियो।

गिरिजा र सुशीलका नामका अस्पताल विघटन नगर: पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परम्पराको निरन्तरता वा आवश्यकता ?

प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेलगत्तै भारतीय राष्ट्रपतिको अफिसियल ट्वीटरमार्फत थापाले नेपाली सेनामा उनले दिएको योगदान र नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा पुर्‍याएको योगदानका लागि मानार्थ महारथीको सम्मान दिएको जनाइएको छ।

वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्