दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द
दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन्।
दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन्।
कोरोना त्रास: कोरोनाले अफ्रिकाको अर्थतन्त्रमा पार्ने प्रभाव ? अफ्रिकामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास: अफ्रिकामा कोरोना महामारीको अवस्था के छ ? के गर्दैछन् नेपाली समुदाय?
दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको छ।
यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले जितेकी छिन्। जर्जियाको एटलान्टामा आयोजित मिस युनिभर्सको ६८औं संस्करणमा २६ वर्षीया टुन्जीले मिस युनिभर्सको ताज हात पारेकी थिइन्।
दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिले कुनै व्यक्ति वा संस्थाबाट एक लाख रान्ड (छ हजार सात सय ३९ अमेरिकी डलर) भन्दा बढी रकम चन्दा लिएको भए त्यस्तो व्यक्ति वा संस्थाको अभिलेख राख्नुपर्ने र कसैले सूचना माग गरेको अवस्थामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
दक्षिण अफ्रिकाले जापानमा शनिबार सम्पन्न रग्बी विश्वकपको फाइनलमा बलियो मानिएको इङ्ल्यान्डलाई ३२–१२ स्कोरले हराउँदै तेस्रो पटक रग्बी विश्वकपको उपाधि उचालेको छ।फ्लाई हाफ हान्द्रे पोलार्डको ६ पेनाल्टी स्कोरसहित माकाजोले मापिम्पी र चेस्लिन कोल्बेले दुई ट्राइ गरेपछि दक्षिण अफ्रिकाले फाइनलमा इङ्ल्यान्डमाथि सहज निकाल्दै तेस्रो पटक उपाधि उचालेको हो।
नेपाल–अफ्रिका फिल्म महोत्सव सुरु भएको छ। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्सवको उद्घाटन गरेका थिए।
दक्षिण अफ्रिकाले आइतबार घरेलु टोली जापानलाई स्तब्ध बनाउँदै जारी रग्बी विश्वकपको सेमिफाइनलमा वेल्ससँगको भेट पक्का गरेको छ। टोकियो स्टेडियममा आइतबार जापानलाई २६–३ स्कोरले स्तब्ध बनाउँदै दक्षिण अफ्रिकाले सेमिफाइनलमा वेल्ससँगको भेट पक्का गरेको हो। वेल्सले पनि आइतबार ओइतामा भएको खेलमा फ्रान्सलाई २०–१९ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। यी दुई बीचको प्रतिस्पर्धा आगामी आइतबार योकोहामा स्टेडियममा हुनेछ।
दक्षिण अफ्रिकाका क्रिकेट अधिकारीहरूले हालै भारतविरुद्ध लगातार दुई खेलमा लज्जास्पद हार बेहोरे पनि आफ्ना समर्थकलाई धैर्य अपनाउन आग्रह गरेका छन्।
भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन्।
परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास व्यक्त गरिएको छ।
अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ। अफ्रिका धान केन्द्र (अफ्रिका राइस सेन्टर) ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ। तीन वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट धानको उत्पादकत्व वृद्धि गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन किसानलाई सहयोग गरिनेछ।
क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले आइतबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ओटिस गिब्सन र उनको समग्र प्रशिक्षण टोलीलाई हटाउने निर्णय गरेको छ। गत साता बसेको सिएसएको बैठकले हालै मात्र इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीले १० मध्ये सातौं स्थानमा चित्त बुझाउनु लज्जास्पद भएको समीक्षा गर्दै प्रशिक्षक र उनको टोलीलाई हटाउने निर्णय गरेको थियो।
फाफ डु प्लेसिस र हसिम आम्लाको बलियो साझेदारीप्रेरित दक्षिण अफ्रिकाले शुक्रबार श्रीलंकालाई स्तब्ध बनाउँदै जारी विश्वकपमा दोस्रो जित निकालेको छ।